arrow

को होला म्यानमारको नयाँ राष्ट्रपति ?

logo
प्रकाशित २०७२ माघ २५ सोमबार
suki6.jpg.jpeg
नाइपिद्व । म्यानमारमा करिब साढे दुई दशकपछि भएको प्रजातान्त्रिक तवरको आमनिर्वाचनपछि निर्माण भएको संसदको पहिलो संयुक्त अधिवेशन सोमबार सुरु भएको छ । सो संयुक्त अधिवेशनकै क्रममा आगामी राष्ट्रपतिको निर्वाचनका लागि आगामी मार्च महिनामा निर्वाचन गर्ने तय भएको समाचारमा जनाइएको छ । 
 
म्यानमारका नागरिकले आगामी राष्ट्रपति पाउन कम्तीमा पनि आगामी मार्चको मध्यसम्म कुर्नुपर्ने भएको बताइएको छ । आगामी मार्च महिनाको १७ तारिखमा नयाँ राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गरिने कार्यक्रम तय गरिएको म्यानमारको संयुक्त संसद बैठकका सभामुखले जानकारी दिनुभएको सोमबार प्राप्त समाचारमा जनाइएको छ । 
 
सन् १९९० मा सैनिक शासनले गराएको निर्वाचनमा सुकीले विजय हासिल गरी प्रधानमन्त्रीको पदका लागि निर्वाचित भएको भएपनि षड्यन्त्रपूर्वक रुपमा सुकीको दल नेसनल लिग फर डेमोक्रेसीलाई सरकार बनाउनबाट बन्चित गराइयो थियो । उहाँलाई सैनिकको थुनामा बस्नुपरेको थियो । उहाँले त्यसपछिको दुई दशक जेल र नजरबन्दमा व्यतीत गर्नुपर्‍यो र हाल आएर भने उहाँको दलले नै आम निर्वाचनमा बहुमत हासिल गरेको छ । 
 
म्यानमारको हालको संविधानले नेत्री सुकीलाई राष्ट्रपति हुन पाउने प्रावधानबाट बञ्चित गरेको छ । उहाँको दलले यस प्रावधानको विरोध गरेको भएपनि निर्वाचनमा भने सहभागी भएको थियो र गत नोभेम्बरमा सम्पन्न भएको आमनिर्वाचनमा अत्यधिक बहुमत हासिल गरेको थियो । म्यानमारका प्रजातन्त्र प्रेमी जनता र विश्व समूदायको चाहनाले उहाँलाई म्यानमारको राष्ट्रपतिका रुपमा देख्न चाहेको भएपनि सो सम्भव नहुने भएको छ । 
 
त्यसैले नै उहाँको अत्यन्तै निकट कसले यस देशको राष्ट्रपतिको कुर्सी हातपार्ला भन्ने बारेमा यतिखेर म्यानमारमा उत्सुकता जागेको पाइएको छ । कैयौँ वर्षसम्म जेल र एक दशकभन्दा बढी निवासमा नजरबन्द रहेकी सुकीलाई सैनिक शासकहरुले सहजै सत्ता हस्तान्तरण गर्लान् त भन्ने प्रश्न भने अब छैन । 
 
किनभने संसदको बैठक सुरु भइसकेको छ र राष्ट्रपतिको निर्वाचनको मिति पनि तय भइ नै सकेको छ । तर पनि सधैँजसो विश्वको ध्यान तानिरहेने म्यानमारमा यतिखेर पनि राष्ट्रपति को होला भन्ने विषयले प्रथमिकता पाएको बताइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ