arrow

जर्मनीमा रेल दुर्घटना

logo
एएफपी,
प्रकाशित २०७२ माघ २६ मंगलबार
German-train-crash.jpg.jpeg
बर्लिन। दक्षिणी जर्मनीमा मङ्गलबार दुईवटा रेल एक आपसमा जुध्दा भएको दुर्घटनामा परी कैयौँको ज्यान गएको  छ। त्यस दुर्घटनामा परी कम्तीमा पनि १०० जना घाइते भएका समाचारमा जनाइएको छ। मृत्यु हुनेमा कतिजना छन् भन्ने बारेमा प्रहरीले केही भनेको छैन। उद्वार कार्य जारी रहेको र मुत्यु हुनेको सङ्ख्या अझै यकिन नभएको प्रहरीले जनाएको छ। 
 
जर्मनीको दक्षिणी नगर रोशेनहिमका प्रहरी अधिकारी मार्टिन विन्कलरले भनेका छन्– दुई रेल आपसमा जुध्दा ठूलो दुर्घटना भएको छ र त्यसमा परी कैयौँको ज्यान गएको आशङ्का गरिएको छ। तर मारिनेमा के कतिजना थिए भन्ने बारेमा प्रहरीले पनि केही बताउन सकेको छैन। प्रहरी प्रवक्ता मार्टिनले घाइतेमध्ये १०० जनालाई उद्वारगरी अस्पताल लगिएको जानकारी दिए। सो दुर्घटनाको कारण केही खुलेको छैन। दुर्घटनाको कारबारे प्रहरीले अनुसन्धान थालेको प्राप्त समाचारमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ