arrow

म्यानमारमा सैनिक विमान दुर्घटनामा चार सैनिकको मृत्यु

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
Part-HKG-Hkg10254075-1-1-0.jpg.jpeg
नाइपिद्व । म्यानमारमा बुधबार बिहान भएको सैनिकको एक  विमान दुर्घटनामा परी कम्तीमा पनि चार जना सैनिकको ज्यान गएको समाचार छ । राजधानी नाइपिद्वबाट नजिकैको एक विमानस्थलमा बुधबार बिहान सो विमान दुर्घटना भएको थियो । जहाज उड्ने समयमा खराबी देखिएको र उडेको केही समयपछि नै तत्कालै दुर्घटनाग्रस्त भएको बताइएको छ । 
 
सो सानो सैनिक विमानले म्यानमारका चारजना सैनिक बोकेको जनाइएको छ । ती सैनिक बोकेर उड्न लागेको विमानमा आगोलागेको र अकस्मात खसेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । विमानस्थलनजिकै विमान खसेर आगोलागेपछि निकै ठूलो धुवाको मुस्लो निस्किएको थियो । उक्त दुर्घटनास्थलमा आगो लागेको विमान हेर्न ठूलो सङ्ख्याका व्यक्ति उपस्थित भएका थिए । तर यस विषयमा म्यानमारको सेनाले भने कुनै आधिकारिक भनाई सार्वजनिक गरेको छैन । 
 
इन्डोनेसियामा पनि सैनिक विमान दुर्घटनाग्रस्त, दुईको मृत्यु यसैबीच इन्डोनेसियामा पनि बुधबार एक सैनिक विमान दुर्घटनाग्रस्त हुदा त्यसमा रहेका दुईजना सैनिकको ज्यान गएको छ । उक्त विमान परीक्षण उडानका रुपमा उडेका बेला दुर्घटनामा परेको बताइएको छ । त्यस सानो विमानमा कतिजना सैनिक रहेका थिए भन्ने बारेमा केही जानकारी दिइएको छैन । उक्त दुर्घटना इन्डोनेसियाको जाभा प्रान्तमा खसेको सेनाले जनाएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ