arrow

भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४६ पुग्यो

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
German-train-crash.jpg.jpeg
बेइजिङ्।ताइवानमा गत शनिबार गएको भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ४६ पुगेको छ ।
 
स्थानीय समयानुसार शनिबार बिहान ३ः५७ मा गएको सो भू्कम्प ६.७ रिक्टर स्केलको मापन गरिएको थियो । तर स्थानीय अधिकारीहरूले भने यो ६.४ रिक्टर स्केलको मात्र भएको जानकारी दिएका थिए । चिनियाँ नयाँ वर्षको दुई दिनआगाडि मात्र उक्त शक्तिशाली भूकम्प गएको बताइएको छ । 
 
भूकम्पको कारण सयौँ व्यक्ति घाइते भएका र तीमध्ये केहीको अवस्था गम्भीर भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने सम्बन्धित अधिकारीहरूले अनुमान गरेका छन् । ताइवानमा सन् १९९९ मा आएको ७.६ को भूकम्पमा परी करिब दुई हजार ४०० व्यक्तिको मृत्यु भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ