arrow

सिरियाको अलेप्पोमा पाँच सयको मृत्यु

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
सिरिया.jpg.jpeg
दमासकस।सिरियाको उत्तरी प्रान्त अलेप्पोमा सिरियाली सैनिकले व्यापक रूपमा गरेको आक्रमणका क्रममा लगभग ५ सय व्यक्तिको मृत्यु भएको एक मानव अधिकार समूहले बुधबार जानकारी दिएको छ । 
 
सिरियाली विद्रोही र आतङ्ककारीलाई लक्ष्यगरी यस महिनाको सुरुबाट सेनाले गरेको यस आक्रमणहरूमा ८९ जना सर्वसाधारणले पनि ज्यान गुमाएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । 
 
टर्कीको सीमा क्षेत्रमा रहेको अलेप्पो प्रान्तमा आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा व्यापाक सफलता प्राप्त भएको सिरियाली सैनिकले दाबी गरेका छन् ।सिरियामा सन् २०११ देखि सरकारको विरोध गर्दै सुरु भएको जनआन्दोलनमा हालसम्म २ लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ