arrow

मानवीय गल्तीले भयो दुर्घटना

logo
प्रकाशित २०७२ माघ २७ बुधबार
जर्मनी.jpg.jpeg
बर्लिना ।दक्षिणी जर्मनीमा दुईवटा रेल एकआपसमा जुध्दा भएको दुर्घटनाको कारण मानवीय गल्ती नै भएको जर्मन अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् ।
 
रेल उच्च गतिमा हुनु नै दुर्घटनाको कारण भएको ती अनुसन्धानकर्ताहरूले जानकारी दिएका छन् । गत मङ्गलबार स्थानीय समयाअनुसार बिहान ७ बजे अगाडि नै भएको यस दुर्घटनामा परी हालसम्म १० व्यक्तिको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी १७ जना व्यक्ति गम्भीर र ६३ जना सामान्य रूपमा घाइते भएका छन् । 
 
स्थानीय समयानुसार मङ्गलबार ७ बजे अगाडि नै दुई रेल एकआपसमा जुध्दा ठुलो दुर्घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ