arrow

जिका भाइरसबाट भेनेजुएलामा तीनको मृत्यु, सयौँ सङ्क्रमित

logo
प्रकाशित २०७२ माघ २९ शुक्रबार
zika.jpg.jpeg
नकाराकास । जिका भाइरसको सङ्क्रमणबाट भेनेजुएलामा कम्तीमा पनि तीन जनाको ज्यान गएको समाचार छ । जिका भाइरसको सङ्क्रमणबाट ती व्यक्तिको निधन भएको प्रमाणित भएको भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले जानकारी दिनुभएको हो ।  लामखुट्टेको टोकाईबाट हुने सङ्क्रमणजन्य यस रोगबाट मृत्यु भएको भेनेजुएलामा यो पहिलो घटना हो । दक्षिण अमेरिकी देश भेनेजुएलामा यसअघिदेखि यस सङ्क्रमण देखिएको हो । यस सङ्क्रमणबाट त्यहाँ हालसम्ममा कम्तीमा पनि ३१९ जना व्यक्ति सङ्क्रमित भएका बताइएको छ । 
 
राष्ट्रिय टेलिभिजन प्रशारणमार्फत सम्बोधन गर्दै राष्ट्रपति मदुरोले सो जानकारी दिनुभएको हो । उहाँले भन्नुभयो– देशव्यापी रुपमा यसको प्रभाव देखिएको छ र दुर्भाग्यबस आजसम्ममा तीनजनाको ज्यान गएको छ । उहाँले ६८ जना विरामीलाई उनीहरुको गम्भीरताका कारण सघन उपचार कक्षमा राखेर नै उपचार सुरु गरिएको पनि जानकारी दिनुभयो । 
 
विभिन्न देशले औषधि तथा उपचार प्रविधि सहयोग गरिरहेकोमा धन्यवाद दिँदै उहाँले सबै विरामीको राम्रो उपचारका लागि आवश्यक मात्रामा औषधि र प्रविधि उपलब्ध रहेको जानकारी दिनुभयो । दक्षिण अमेरिकी देशले पछिल्लो समयमा जिका भाइरसका विरुद्धमा सङ्घर्ष गरिरहेको समाचार आइरहेका बेला भेनेजुएलाका राष्ट्रपतिको यो भनाई आएको छ । यो सङ्क्रमणबाट सबैभन्दा धेरै सङ्क्रमितहरु ब्राजिलमा रहेका छन् । ब्राजिलमा कम्तीमा पनि १५ लाख नागरिक प्रभावित भएका छन् । 
 
सन् २०१५ को सुरुवातदेखि नै यस सङ्क्रमणको असर सुरु भएको हो । सो असरबाट दक्षिण अमेरिकी देशहरु बढी प्रभावित भएका छन् । यस सङ्क्रणको असरका कारण विश्व स्वास्थ्य संगठनले यसलाई विश्वमा नै एक खतरनाक महामारीको सूचीमा राखेको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ