arrow

‘‘उत्तर कोरियाले संयुक्त आर्थिक क्षेत्रको सत्तरी प्रतिशत तलब लियो’’ – सोल

logo
प्रकाशित २०७२ फागुन २ आइतबार
korea.jpg.jpeg
सोल । उत्तर कोरियाले प्योङयाङको पारमाणविक तथा क्षेप्यास्त्र प्रविधि विकासका लागि अन्तरकोरियाली औद्योगिक क्षेत्रका उत्तर कोरियाली कामदारले पाउने ७० प्रतिशत तलव लिएको आरोप लगाउँदै उक्त क्षेत्र बन्द गर्ने अकस्मात निर्णय लिइएको दक्षिण कोरियाले आइतबार दाबी गरेको छ ।  सोलले बुधबार काएसोङ औद्योगिक क्षेत्रबाट आफूलाई हटाउने घोषणा गरेको थियो । यस क्षेत्रमा दक्षिण कोरियाले कारखाना सञ्चालन गरेको छ र यहाँ उत्तर कोरियाली कामदार काम गर्छन् । 
 
दक्षिण कोरियाका एकीकरणमन्त्री होङ योङ प्योले टेलिभिजन अन्तर्वार्तामा उत्तर कोरियाले कमाउने कुनै पनि विदेशी मुद्रां पारमाणविक हतियार वा क्षेप्यास्त्र विकासमा लगिने गरिएको दाबी गर्नुभयो । उहाँले कामदारलाई दिइने अमेरिकी डलरको ७० प्रतिशत भाग सरकारले लिई उनीअरुलाई खाना, आवश्यक सामगं्री खरिद गर्न टिकट तथा केही स्थानीय मुद्रा उपलब्ध गराउने गरिएको दाबी गर्नुभयो । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ