arrow

पाटनबासीको यस्तो तामझाम, बिम्स्टेकमा सहभागि हुन आएका फर्स्ट लेडी पाटन दरबार क्षेत्र घुम्ने

logo
प्रकाशित २०७५ भदौ १४ बिहिबार
patan2.JPG

काठमाडौं । बिम्स्टेक शिखर सम्मेलनमा सहभागि हुन आएका राष्ट्रप्रमुखको स्वागतका लागि पाटनबासीले निरन्तर छ घण्टा कुपण्डोल थापाथलीमा बाजा गाजाका साथ नृत्य प्रर्दशनी गरे । 

सम्मेलनमा सहभागि हुन भारतका प्रधानमन्त्री , बंगलादेशका प्रधानमन्त्री तथा थाइल्याण्डका प्रधानमन्त्री नेपाल आएको अवसरमा बिहान ८ बजेदेखि ११ बजेसम्म आफना परम्परागत भेषभुषाका साथमा बाग्मती पुलको स्वागत द्धारदेखि थापाथली सम्म बसेका थिए ।

ज्यापु समाज पाटनको अगुवाईमा  यो स्थानमा नेवारी भेषभुषा गहना र बाजागाजाका साथ महिला तथा पुरुषहरुले नृत्य प्रर्दशनी गरेका छन् । 

एयरपोर्टदेखि सोल्टी होटल जान थापाथली माइतीघर मण्डला भएर भारतीय प्रधानमन्त्री,  नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र  थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चान आएकाले यस्तो स्वागत गरिएको ललितपूर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए  । वुधबार पनि ३ समुह बनाएर यही स्थानमा उनीहरु पुगेका थिए । 

ज्यापु समाज यलको विशेष पहलमा बिभिन्न सास्कृतिक बाजागाजा सहितको नृत्य प्रर्दशनी गरेका हुन । बिम्स्टेकमा सहभागि विशिष्ट पाहुनाका लागि ललितपुर महानगरले विभिन्न ४ स्थानमा स्वागत द्धार समेत राखेका छन् । महानगरपालिकाको भवन अगाडी, बाग्मती पुल कुपण्डोल अगाडी, हिमालयन होटल अगाडी र विशेष सांस्कृतिक कार्यक्रम हुने स्थल पाटन दरबार क्षेत्र अगाडी भब्य स्वागत द्धार राखिएको महानगरपालिकाले जनाएको छ ।

प्रथम महिलाहरुको पाटन दरबार क्षेत्र अबलोकनका लागि विशेष तयारी
बिम्स्टेकमा सहभागि हुन आएका राष्ट्रका प्रथम महिलाहरुले ललितपुरको पाटन दरबार क्षेत्र र गोल्डन टेम्पलको अवलोकन  गर्ने भएका छन । बिम्स्टेक राष्ट्रका फस्ट लेडी अर्थात प्रथम महिलाहरुले शुक्रबार ललितपुरको पाटन दरबार क्षेत्र तथा गोल्डेन टेम्पल अर्थात हिरण्यवर्ण महाबिहारको अबलोकन गर्ने महानगर प्रमुख महर्जनले बताए । 

म्यान्मार र श्रीलंकाका प्रथम महिलाले यी स्थानको अबलोकन गर्ने बिशेष इच्छा व्यक्त गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी  सिडियो प्रेमराज जोशीले बताए । फर्स्ट लेडीको सम्मानमा ललितपुरले पाटन दरबार क्षेत्रमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

अतिथीको सम्मानमा चर्यानृत्य, कुमारी नृत्य, शास्त्रीय नृत्य, परम्परागत बाजा धिमे, धा प्रर्दशनी गरिने भएको छ । यसका लागि ज्यापु समाज पाटन र वडा नम्बर १६ ले जिम्मा लिएको छ । प्रथम महिला तथा अतिथीहरुलाई पाटन दरबार क्षेत्रको कृष्ण मन्दिर, भण्डारखाल बगैचा, सुन्दरीचोक लगायतका पुर्ननिर्माण सम्पन्न स्थलको अबलोकन गराउने तयारी छ ।यसबिचमा उनीहरु करिब ३  पाटनमा बिताउने भएको सिडियो जोशीले बताए ।

साथै शुक्रबार ललितपुरमा हुने परम्परागत यात्रा गणेश पुजा  तथा  नरसिंह यात्रा पनि परेको छ । बिशेष अतिथीहरु दरबार क्षेत्रको अबलोकनमा आउने भएपछि यो यात्रामा केही अबरोध हुने होकी भन्ने अन्योल भएको आयोजकहरुले आशंका गरेका छन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ