arrow

कांग्रेस र लोकतान्त्रिक फोरमको समायोजन विद्यार्थी सङ्गठनबाट : गच्छदार

logo
प्रकाशित २०७५ असोज १३ शनिबार
Bijaya_Gachhadar.jpg.jpeg

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको समायोजन विद्यार्थी सङ्गठनबाट शुरुवात भएको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता गच्छदारले आगामी दशै अगाडि दुबै पार्टीबीचको सहमतिअनुसार कार्य सम्पन्न हुने दाबी गरे ।

उनले राष्ट्रिय खण्डता अक्षुण्ण राख्नु सबै राजनीतिक दलको कर्तव्य भएको चर्चा गरे । राष्ट्र विरोधी गतिविधि गर्नेलाई कुनै किसिमको छुट दिन नहुने उल्लेख गर्दै वर्तमान सरकारले यस्ता गतिविधिमा लाग्नेलाई समयमै नियन्त्रण गनुपर्ने बताए।
 
देशमा हत्या, हिंसा र बलात्कारका घटना वृद्धि भएकामा चिन्ता व्यक्त गर्दै उनले गृह प्रशासनले जनताको सुरक्षाको वातावरण सिर्जना गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

एक प्रश्नको जवाफमा नेता गच्छदारले संवैधानिक व्यवस्थाअनुसार उपसभामुख प्रतिपक्षले पाउनुपर्ने र यसको पालना सत्तापक्षले नै गर्नुपर्ने आवश्यकता औल्याउँदै यो विषय सर्वोच्च अदालतमा प्रवेश भैसकेकाले नेपाली काङ्गेसले त्यसको निर्णय पर्खिरहेको धारणा व्यक्त गरे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ