arrow

ओखलढुंगा सदरमुकामबाट २१ बोरा घरेलु सुर्ती बरामद

logo
जीवन शर्मा,
प्रकाशित २०७५ असोज १३ शनिबार
okhaldhunga.png

ओखलढुंगा । ओखलढुंगाको सदरमुकामबाट घरेलु सुर्ती बरामद गरीएको छ । सिद्धिचरण नगरपालिकाको कार्यालय परीसरमा लाग्ने शनिबारे हटीयाबाट अबैधानीक रुपमा बिक्री गरीएको सुर्ती बरामद गरीएको हो  ।

अनाधिकृत रुपमा विक्रि वितरण गर्नका लागी हटिया लाग्ने नजिकैको एक घरमा भण्डारण गरी गरीरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालय ओखलढुंगा र सिद्धिचरण नगरपालिकाको बजार अनुगमन टोलीले भेटेको घरेलु सुर्ती बरामद गरेको हो ।

 जिल्ला सदरमुकामको घरमा भण्डारण गरिएको स्थानवाट १६ वोरा र वजारमा विक्रि गरीरहेको ५ वोरा वरामत गरीएको सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्र पौ्रडेलले जानकारी दिए । सुर्तिजन्य पदार्थ नियमन र नियन्त्रण ऐन २०६८ विपरित मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी खुल्ला रुपमा विक्री वितरण भैरहेको सुर्ति जफत गरेपनि केही छिन राखेर व्यापारीलाइ नै फिता दिएको भन्दै स्थानीयले भने प्रशासनको गैह्र जिम्मेवारी काम भएको बताएका छन् ।

जिल्लामा यती ठुलो मात्रामा घरेलु सुर्ती बरामद गरीएको घटना भने यो पहिलो हो ।  तर सदरमुकाममा वजार अनुगमनको क्रममा धेरैपटक सुर्तिजन्य पदार्थ वरामद गरिएको भए पनि जिल्ला प्रसासन कार्यालय ओखलढुंगाले आउँदा दिनमा खुलम्खुला बजार क्षेत्रमा बेच्न नपाउने गरी किसानलाई नै फीर्ता गरीएको सहायक प्रमुख जिल्ला अधिकारी रबिन्द्र पौ्रडेलले बताए  ।

 बरामद गरीएको सुर्ताी ओखलढुंगाको मानेभञ्ज्याङ गाउपालिका वडा नं. ६ हिलेपानीका मनिराम तामाङ, धोजे तामाङ, पर्समान राइ,तिलक राई र गुजराम राइले ल्याईएका थिय । सिद्दिचरण नगरपालिका र जिल्ला प्रशासन कार्यालय ओखलढुगाको संयुक्त आयोजनामा बजार अनुगमन गर्दा सो सामान बरामद गरेको हो ।

जिल्ला प्रसाशन कार्यालय ओखलढुंगाका अबैध घरेलु सुर्तीको ब्यापारमा प्रतिबन्ध लगाईएको जनाईएको छ । आफ्नो ठाउँमा सुर्ती भन्दा अन्य केही खेती नहुने र सुर्ती ब्यवसाय आफ्नो पुर्खा देखीको ब्यवसाय भएको हुँदा अव कसरी परीवार पाल्ने भन्ने चिन्ता भएको स्थानीय कृषकहरुको भनाई छ ।

खुलम्खुला घरेलु सुर्ति बिक्री बितरण गर्न नपाईने भएको हुदा घरेलु सुर्ती बेच बिखन गर्न रोक लगाईएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताइन् । ओखलढुंगा सदरमुकाममा हरेक शनिबार र बुधबार लाग्ने हटियामा खुल्ला रुपमा बेचिदै आएको घरेलु सुर्तीलाई जिल्ला प्रसाशन कार्यालय ओखलढुंगाले बिगत लामो समयदेखी बेचबिखनमा रोक लगाउन खोजे पनि सफल हुन सकेको भने छैन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ