arrow

बिना उच्च उद्धेश्य ओली कोस्टारिकातिर, अमेरिकी राजदूतको जोडबल

logo
प्रकाशित २०७५ असोज १४ आइतबार
pm-oli-usa.jpg

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकातिर गएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई उनी कोस्टारिका गएका हुन् । 

उनी कोस्टारिका जानुको पछाडि सबैभन्दा ठूलो हात अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्कीको ठूलो हात रहेको बुझिएको छ । कार्कीले ओलीलाई कोस्टारिका लैजान एकल प्रयास गरेका थिए । 

आफ्नो पकडमा ओलीलाई पार्नका लागि कार्कीले नयाँ चाल चलेको परराष्ट्र स्रोत बताउँछ । ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आइतबार सान होजेतर्फ प्रस्थान गरेका हुन् । 

ओलीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल, राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारी तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहेका छन् । 

 त्यतिठूलो एजेन्डा केही नभए पनि भ्रमणका लागि जाँदै गरेको डफ्फले घुमघाम गर्नेछ । प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नेछन् । 

उनले सान होजेमै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) लाई सम्बोधन गर्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ