arrow

बाग्लुङ प्रेस युनियनमा प्रदीप सर्वसम्मत

logo
प्रकाशित २०७५ असोज १४ आइतबार
pradip-pant.jpg

बागलुङ । नेपाल प्रेस युनियन बागलुङ शाखाको अध्यक्षमा प्रदीप पन्त सर्वसम्मत  निर्वाचित भएका छन् । युनियनको सातौं जिल्ला अधिवेशन तथा १५ औं साधारण सभाले पन्तको नेतृत्वमा १५ सदस्यीय कार्य समिति निर्माण गरेको छ । 

बागलुङमा शनिबार आयोजित नेपाल प्रेस युनियको १५ औँ साधारण सभा तथा ७ औँ जिल्ला सम्मेलनबाट पन्तको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।

नेपाल प्रेस युनिय बागलुङको बन्द सत्रले पन्तको अध्यक्षतामा सर्वसमत १६ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । नव निर्वाचित जिल्ला कार्य समितिको उपाध्यक्षमा संगम घर्ती मगर, सुवास आचार्य, सचिवमा नारायरण रिजाल, सह–सचिवमा सबिना अधिकारी, कोषाध्यक्षमा जेनीसा नायर चयन भएका हुन् ।

त्यस्तै जिल्ला कार्यसमिति सुमन जिसी, रामशरण पोखरेल, छबिलाल पाण्डे, चन्द्रमणि न्याउपाने, नवराज नेपाली, सुरेश छन्त्याल, जयन्द्र सापकोटा, शर्मिला बस्नेत, सुरक्षा खड्का र प्रबिना रोका मगर चएन भएको प्रेस युनियन बागलुङले जनाएको छ । 

अधिवेशनले २४ जनालाई केन्द्रीय पार्षदमा चयन गरेको छ । केन्द्रीय पार्षदमा जगन्नाथ आचार्य, दुर्गादत्त आचार्य, श्रीधर कँडेल, प्रकाश बराल, दोर्णकुमार कुँवर, धनराज सापकोटा, विकास पौडेल, भवानीप्रसाद कँडेल, प्रताप पौडेल, प्रकटकुमार शिशिर, मोहराज शर्मा, कृष्ण आचार्य, नाराण पौडेल, मनिष थापा, ज्ञानेन्द्र गौतम, दिलीप पौडेल, उषा पौडेल, शकुन्तला शर्मा, सीता शर्मा, संगीता शर्मा, लक्ष्मी परियार, अमिशा , सिर्जना शर्मा, प्रतीक्षा आचार्य चयन भएका छन् ।

३२ जना प्रदेश पार्षदमा नरेश कँडेल, रमाकान्त सापकोटा, राजेन्द्र ढकाल, मञ्जुल शाक्य, त्रिलोचन रिजाल, रामप्रसाद कँडेल, भरत सापकोटा, कृष्णप्रसाद कँडेल, घनश्याम रिजाल, डिल्लीप्रसाद शर्मा, बलराम कँडेल, डिल्लीराज गौतम, मिलन केसी, विष्णुराज पौडेल, सपना पन्त, देवीकुमारी पाठक, सरस्वती पुन, विष्णु आचार्य, संगीता शर्मा, हेमा कार्की, अञ्जु सेञ्चुरी, सावित्री खड्का, गंगा थापा, सुस्मीता बोहोरा लगायत चयन भएका छन् । 

नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले व्यवसायिक पत्रकारीताको मर्यादालाई कायम राख्दै लोकतन्त्रको विकासका लागि प्रेस युनियनले भूमिका खेल्नुपर्ने बताए ।

 ‘वामपन्थी सरकार आएसंगै प्रेस विरोधी केही गतिविधिहरु देखिन थालेका छन्,’ उनले भने, ‘त्यस्ता क्रियाकलाप विरुद्ध लड्दै प्रेस युनियनले पेशागत सुरक्षा र पत्रकारको हितमा काम गर्नुपर्छ ।’

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य दुर्गादत्त आचार्य, प्रेस युनियन केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि सरीता तिमील्सीना पंगेनीले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गरेका थिए । 

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रदिप पन्तले प्रतिवद्धता मन्तव्य व्यक्त गरे । निर्वाचन समिति संयोजक भूमिश्वर गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य घनश्याम रिजालले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ