सुध्रेनन् ओली, श्री ३ को झझल्को, माधव नेपाललाई ‘अन्डर इस्टिमेट’
पार्टीभित्र बुनिँदै नयाँ–नयाँ जालहरु
प्रकाशित २०७५ असोज १४ आइतबार
344
Shares
काठमाडौं । एमालेकै अध्यष हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले श्री ३ को झझल्को दिएको तत्कालीन एमालेका नेताहरुले बताउँथे । ओली जे चाहन्छन् त्यही मात्र पार्टीमा गर्थे । कसैको कुरो सुन्ने उनको बानी थिएन ।
हुँदा हुँदा फरक फरक विचार मिलेर बनेको नेकपाका अध्यक्ष भएपछि त ओलीको श्री ३ गिरी अझ बढ्यो । हाल देखिएको माधवकुमार नेपाल पक्षले सार्वजनिक गरेको अभिव्यक्तिले नै स्पष्ट पार्दै गएको छ ।
पार्टीलाई एकपक्षीय शैलीले चलाउँदै लिएर गएको देखिलिएर सरकारमा भएर पनि केही काम गर्न नसकेको सम्मका आरोप लगाएर माधव नेपाल पक्ष मैदानमा उत्रिएपछि पनि ओलीमा कुनै परिवर्तन आएन ।
अमेरिकाबाट कोस्टारिका गएका ओलीले नेपाल आएर पार्टीको असन्तुष्टि शान्त पार्छु भन्नु त कता हो कता झन् उल्टै नेपाललाई ‘कोही मान्छेको कुण्ठा सार्वजनिक भएको हो’ भनेर फितलो आँकलन गरे ।
नेपालले संसद बैठकमा ‘देश डुब्नै लाग्यो’ भनी गरेको भाषणप्रति ओलीले देश सही बाटोमा गइरहेको स्पष्टिकरण दिए । उनले पत्रकार सूर्य थापाको युट्युव च्यानल यु स्टार अगेनलाई अन्तर्वार्ता दिँदै भने, ‘म दुई चार दिन संयुक्त राष्ट्र संघतिर आएँ। कतिपय नेताहरूले बोलेको सुनियो, लौ न देश डुब्न लाग्यो, कोही आऊ–बचाऊ। म फर्केर गइहाल्छु, यो ठूलो समस्या हैन।’
ओलीले ‘देश त अत्यन्त सही बाटोमा, सही ढंगले अगाडि बढेको छ। छिमेकी सम्बन्धहरू सुमधुर भएका छन्,’ उनले भने, ‘आर्थिक उन्नतिको दिशामा हामी अघि बढेका छौं।’ भने ।
ओलीले दिएको अन्तर्वार्ता यस्तो छ –
नेकपाका एक नेताले हाम्राकुरासंग भने, ‘ओली कमरेडको कुरा फरक छ, उहाँको शैली पुरै श्री ३ तिर गएको छ । हेर्दै जानुन् कमरेड फर्केपछि केही नयाँ पन पाउँछ पार्टीले ।’
नेकपाका एक नेताले हाम्राकुरासंग भने, ‘ओली कमरेडको कुरा फरक छ, उहाँको शैली पुरै श्री ३ तिर गएको छ । हेर्दै जानुन् कमरेड फर्केपछि केही नयाँ पन पाउँछ पार्टीले ।’
उनले स्पष्टै भने, ‘पूर्व अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीले अन्टर इस्टिमेटको सामना गर्नु भनेको पक्कै केही हुन्छ भनी बुझ्नुस् ।’
नेकपाभित्र माधव नेपाल दुई अध्यक्षको रवैयाप्रति खुलेर लाग्दा बामदेव गौतम शान्त छन् । गौतम प्रतिनिधिसभाको सदस्यता खोजिरहेका छन् । भीम रावल प्रदेश ७ को इन्चार्ज भएपछि थन्किएर बसेका छन् ।
ईश्वर पोखरेललाई रक्षा मन्त्रीको कार्यभार नै बढी भएको छ भने नारायणकाजी श्रेष्ठ, पम्फा भुषाल, टोपबहादुर रायमाझीहरु भित्रभित्र जालो बुन्दै रहेको स्रोत बताउँछ ।