दोस्रो नेपाल बालिका सम्मेलनः काठमाडौंमा बालविवाह जोखिममा १३ लाख भन्दा बढी
प्रकाशित २०७५ असोज १४ आइतबार
678
Shares
काठमाडौं । ‘सक्षम बालिका, समृद्ध नेपाल’ मुल नाराका साथ दोस्रो नेपाल बालिका सम्मेलन काठमाडौमा शुरु भएको छ ।
नेपाल सरकारको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले बालिका माथि हुने हिंसा, दुव्र्यवहार र बाल विवाह अन्त्य गर्ने अभियानका लागि दोस्रो नेपाल बालिका सम्मेलन आयोजना गरेको हो ।
हाल नेपालमा बालविवाह जोखिममा १३ लाख भन्दा बढी, १० देखि १९ वर्षसम्मका किशोरीहरु ,१५ देखि १९ वर्षसम्मका विवाहित २४.५ प्रतिशत किशोरीहरु, २० देखि ४९ वर्षसम्मका ४८.५ प्रतिशत महिलाको १८ औं जन्मदिन नपुग्दै विहे र बालिका माथि भइरहेका हिंसा, यौन दुव्र्यवहार र बलत्कारको शिकार हुने गरेको तथ्याङक छ ।
यसलाई न्युनीकरण र अन्त्य गर्न किशोर किशोरीहरु, समुदायका अगुवाहरु, राष्ट्रिय, स्थानीय तथा प्रदेश स्तरीय जनप्रतिनिधीहरु, नागरिक समाज, अभियन्ताहरु, संचारकर्मी तथा अन्य सरोकारवालाहरुको सहभागीता र निचोडका क्रियाकलापहरु प्रदेशस्तरमा तय गरी राष्ट्रियस्तरमा सम्मेलन गरिएकोे हो ।
प्रदेशस्तरमा गरिएको सम्मेलनबाट आएका निचोड र सुझावका आधारमा तयार गरिएको प्रतिवेदन राष्ट्रिय स्तरको दोश्रो नेपाल बालिका सम्मेलन २०१८ काठमाडौंमा पेश गर्न लागेको हो ।
सरकारले सन् २०३० सम्मको दिगो विकास लक्ष्यको कार्य सूचीमा बाल हिंसा, बालविवाह, कलिलो उमेरमा हुने विवाह र जबरदस्ती हुने विवाहको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ ।
सन् २०३० सम्ममा बाल हिंसा र बालविवाह मुक्त समाजको परिकल्पनासहित बालिकाको भविष्य सुनिश्चित गर्ने सरकारको प्रतिबद्धतालाई पुनः जोड दिदै बालिका सम्मेलन आयोजना गरिएको हो ।