arrow

त्यसै मागिएको हैन रैछ ‘बादल’को राजीनामा, दोस्रो मन्त्री बन्ने सम्भावना 

logo
प्रकाशित २०७५ असोज १४ आइतबार
badal1.JPG

काठमाडौं । दुई तिहाईको सरकारलाई कसैले ढाल्न सक्दैन । ढाल्नका लागि त जनमत हुनु पनि पर्यो नि । तर वर्तमान केपी शर्मा ओली नेतृत्वको दुई तिहाइको सरकार कामै नगरी ढल्ने स्थितिमा पुगिसकेको छ । 

पहिले विवादमा तानिएर व्यर्थमै पूर्व कानुन मन्त्री शेरबहादुर तामाङ्गले राजीनामा दिनुपर्यो । अब यही रवैया हो भने गृहमन्त्री बादल दोस्रो नम्बरमा पर्न बेर छैन । 

पूर्व कानुन मन्त्री तामाङ्गले बंगलादेशमा चिकित्सा पढ्न जाने नेपाली महिला विद्यार्थीले यौन सम्झौता गर्नुपर्ने विवादित भनाइ राखेर खाइआएको मन्त्री पदबाट हात धुनुपरेको थियो । 

उनलाई हटाउन नेकपाको एक खेमा नै लागेको थियो । अब पालो बादलको आउला जस्तो छ । उनले अचम्मसंग नाटक गर्न थालेका छन् । 

बादलले बलात्कार, हत्या जस्ता जघन्य अपराधका दोषीलाई कार्वाही गर्नु त कता हो कता उल्टै अपराधी र ठगलाई कारवाही गरेकै कारण सरकारलाई घेराबन्दी गर्ने काम भएको बताएका छन् । 

दुई तिहाइको सरकारलाई कहाँबाट घेराबन्दी ? के हत्यारा र बलात्कारी जति विपक्षी दलका ? 

कञ्चनपुरकी १३ वर्षे बालिका निर्मला पन्तका हत्यारालाई कार्वाही गर्न जताततैबाट दवाव छ । मन्त्री बादलले अन्टसन्ट जवाफ दिइरहेका छन् । 

निर्मला हत्याबारे चाहिँदो नचाहिँदो जवाफ दिएकै कारण गत बिहीबार संसदमै उनको राजीनामा मागिएको थियो । 

यदि उनले कार्वाही गर्न सकेनन् भने यो जगतले यसको दोषी बादललाई पनि ठहर्याउने छ । बादलले भनेका छन् – ‘सरकारले देशमा व्याप्त भ्रष्टचार, बलात्कार, तस्करी र ठगलाई नियन्त्रण गरी कारवाहीको दायरामा ल्याएकाले अपराधी जर्मुराएका हुन्,  ‘यसैले पनि सरकार गिराउने ठूलो षड्यन्त्र र खेल हुँदैछ ।’

यदि उनले भनेको साँचो हो भने यो सरकार गिराउने एक मात्र दल नेकपा नै हुनेछ । ती अपराधी र बलात्कारी जति नेकपाकै हुन् भन्ने आसय मन्त्री बादलको हो । 


विभिन्न खाले गतिविधिले अपराधीमाझ सरकार कडा रुपमा प्रस्तुत भएकै कारण सरकारलाई गिराउने षड्यन्त्र भइरहेको थापाको जिकिर छ । निर्मला काण्डमा पनि नेकपाकै सात नम्बर प्रदेशका इन्चार्ज भीम रावलले सुरुवातमा अवरोध गर्न खोजेका थिए । 

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बोले । अनि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलेका थिए । भनेपछि उनीहरु अपराधमा परोक्ष रुपमा सरोकार राख्छन् । 

हुँदाहुँदा बादलले बलात्कारको कारण पूँजीबाद भन्न थालेका छन् । अलिकति लाज लाग्दैन भने उनले नै हतियार उठाएको सशस्त्र द्धन्द्धको समयलाई ख्याल गरे पुग्छ । 

यौनमा लिप्त उनका कार्यकर्तालाई सोधे हुन्छ । कति जनाको त सांस्कृतिक विवाह नै गराइएको थियो । 

के ती उनका कार्यकर्ता पनि पूँजीवादी थिए ? 

सरकारमा रहन र पदको मर्यादा पालना गर्न अक्षम भइसकेपछि बोल्ने भाषा बादलले बोलिरहेका छन् । 

साँचो अर्थमा उनलाई काम गर्न कसैले पनि रोकेको छैन । काम गर्न नसकेको हो । काम गर्न नसक्ने हो भने जनतालाई धेरै अल्झाएर राख्नु हुन्न । कुर्सी छाडे हुन्छ । 

बादलका पछिल्ला भनाइले उनलाई उनकै पार्टीबाट काम नगर्न दवाव आइरहेको स्पष्टै हुन्छ । जब आफ्नै पार्टीले काम गर्न दिएन भने त राजीनामा दिँदा नै उत्तम हुन्छ । 

कतै बादल राजीनामा गर्ने दोस्रो मन्त्री बन्ने त हैनन् ? 

तर गृहमन्त्री ज्यू खुलेर भन्दा राम्रो –काम गर्न नदिएको सत्ताधारीले कि विपक्षीले ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ