arrow

निर्मला हत्या प्रकरण : उच्चस्तरीय छानविन समिति सदस्य केसीमाथि धनगढी नपुग्दै आक्रमण

केसी चढेकाे गाडीमा ढुंगा प्रहार 

logo
प्रकाशित २०७५ असोज १४ आइतबार
BKC2.jpg

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणको छानविन गर्न गृहमन्त्रालयले बनाएको उच्चस्तरीय छानविन टोलीका सदस्य वीरेन्द्र केसीमाथि आक्रमण भएको छ । 

केसी काडमाडौंबाट फर्किएपछि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको गाडीमा गेटा एरपोर्टबाट कार्यालय गइरहेका बेला ढुंगा प्रहार भएको हो । 

केसी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रालयका उपसचिव हुन् । हाम्राकुरासँग उनले भने, ‘अगाडिबाट हान्न खोजिएको थियो त्यो हामीले छल्यौँ तर, पछाडिबाट प्रहार भयो । टाउकोमा ढुंगा लागेन पछाडिको सबै सीसा फुट्यो । सीसाका टुक्राहरु मेरो ठाउको भरी भए । तर, टोपी लगाएको हुनाले अस्पताल भर्ना हुनेगरी चोट लागेन ।’

उनी चढेकाे बा १ ज ९७०३ नम्बरकाे गाडीको पछाडिको सीसा सबै फुटेको छ । उनले ढुंगाहान्नेलाई आफूले नचिनेको पनि बताए । केसी गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानविन समितिको सदस्य थिए ।

प्रदेशबाट उनी मात्रै एक्लो सदस्य थिए । उनले १५ दिन कञ्चनपुरमा वितारए काठमाडौं पुगेपछि समितिबाट राजीनामा दिएको घोषणा गरे । तर, गृहमन्त्री रामबहादुर थापासँग भेटेपछि भोलिपल्टै समितिमा फर्किए । समितिले गृहमन्त्रीलाई प्रतिवेदन बुझाइसकेको छ । गृहमन्त्रालयले त्यो प्रतिवेदन सार्वजनिक भने गरेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ