निर्मला हत्याकाण्ड : गृहमन्त्री वादललाई जागिर जाने डर, भने–प्रतिवेदन सार्वजनिक गर्छौ
प्रकाशित २०७५ असोज १४ आइतबार
414
Shares
विराटनगर । जागिर जानेसम्मका चर्चा हुन थालेपछि गृहमन्त्री रामबहादुर थापा डराएका छन् । योसँगै उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्ने कुरा गरेका छन् । प्रतिवेदन सार्वजनिक गर्न भन्दै कञ्चनपुरमा आन्दोलन नै सुरु भएको छ । सत्ताधारी नेकपाभित्र गृहमन्त्री थापाको विकल्प खोज्न थालिएको हल्ला छ । गृहमन्त्री थापाले आफ्नै पार्टीबाट काम नगर्न दबाब आइरहेको संकेत समेत दिएका छन् ।
तर, गृहमन्त्री रामबहादुर थापाले आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा भने मन्त्रिपरिषदबाट प्रतिवेदन सार्वजनिक हुने जानकारी दिए । निर्मला पन्त हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । मन्त्री थापाले घटनामा संलग्न दोषी चाँडै कारबाहीको प्रक्रियामा आउने बताए । उनले भने, ‘पन्तको बलात्कारपछि हत्या गरिएको प्रतिवेदन मन्त्रिपरिषदमा छलफल गरेर सार्वजनिक गर्छौं ।’
यस्तै, उनले फरक प्रसंगमा मुलुकलाई विखण्डन गरी अस्थिरता फैलाउने अभियानमा लाग्नेलाई सरकारकाले दण्डित गर्ने बताए । वर्तमान सरकार मुलुकको स्वाधिनताको रक्षाको पक्षमा रहेकाले शान्ति सुरक्षा खल्बल्याउने एवं अस्थिरता उत्पन्न गर्ने पक्षलाई कारबाही गर्ने गृहमन्त्री थापाको भनाई छ ।