ओखलढुंगा। ओखलढुंगामा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। सुनकोशी गाउँपालीका वडा नम्बर ८ का भोजबहादुर कट्वाल पक्राउ परेका हुन्।
कट्वालले आफ्नै छोरीलाई पटक पटक करणी गरेको छोरीले छिमेकीलाई भनेको र गाउँलेको उजुरीको आधारमा पक्राउ गरेको प्रहरी निरीक्षक निरञ्जन भट्टराइले जानकारी दिए।
गत शुक्रबार बेलुका आफनै घरमा छोरीलाई जवरजस्ती करणी गरेर भागेका कटुवाललाई शनिवार प्रहरीले पक्राउ गरेको जनाएको छ। स्थानीय बिद्यालयमा कक्षा ५ मा अध्ययनरत १३ बर्षिया बालिकालाई आफनै बाबुले पटक पटक करणी गरेको र शुक्रबार पनि करणी गरेपछि बालिकाले खप्ननसकेर छिमेकीलाई गुवारेपछि घटना सार्वजनिक भएको थियो।
३५ वर्षिय कट्वाललाई आजै जिल्ला अदालतमा हाजीरी गराई जवरजस्ती करणि मुद्धा अन्तरगत म्यादथप गरी अनुसन्धान थालीएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।