निर्मला हत्याकाण्ड : 'साेधपुछ सेनासम्म पुग्याे', प्रहरीले सूचना लुकायाे
प्रकाशित २०७५ असोज १५ सोमबार
591
Shares
काठमाडाैं । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा कन्चनपुर प्रहरीले पछिल्लो समय प्रहरीकाे साेधपुछ सेनासम्म पुगेकाे छ ।
श्रोतका अनुसार प्रहरीले नेपाली सेनाको पश्चिम पृतना अन्तर्गतको २५ नम्बर बाहिनीका सैनिकलार्इ समेत साेधेकाे छ । स्राेतले त पक्राउन नै गरेकाे भन्याे । तर, एक हप्ताअघि केरकार गरिएकाहरूमा सेनाका काेही मान्छे परेकाे हुनसक्नेसम्मकाे सूचना चुहिएकाे छ । उनीहरूलार्इ केही घण्टा सम्पर्कमा लिएर पछि छाडिएकाे बताइएकाे छ । कन्चनपुर प्रहरीले भने याे सूचना पनि लुकाएकाे छ । कन्चनपुर प्रहरीले साेधपुछका क्रममा दुर्इ ढार्इ सय जनालार्इ अनुसन्धानकाे दायरमा ल्याइयाे तर, त्यसमा हामीले सैनिक नै भनेर चिनेनाैँ भनेकाे छ ।
यसअघि, सबै सूचना सार्वजनिक गर्दा आन्दोलन चर्किने डरले प्रहरीले सूचना गोप्य राख्ने रणनीति लिएको छ । अर्काेतिर कन्चनपुर प्रहरीमा हवल्दार माथि सबै अधिकारीहरू फेरिएका छन् ।
सेनासँग सम्बन्धित रहेका मान्छेलार्इ कन्चनपुरमै राख्दा सूचना चुहिने शंका गर्दै उनीहरुलाई कैलालीको धनगढी लगिएको र उतैबाट छाेडेकाे पनि बताइँदै छ । तर, याे पुष्टि हुने गरी प्रहरीले सूचना दिएन । नेपाली सेनाको २५ नम्बर बाहिनी, रोशनी र बबिता बम दिदी बहिनीको घरबाट पाँचसय मिटर भन्दा कम दूरीमा छ । निर्मला पन्तको शव उठाउने मुचुल्कामा २५ नम्बार बाहिनीका सेनानी (मेजर) विशाल सिंहले समेत हस्ताक्षर गरेका थिए । उच्चस्तरीय छानविन समितिकाे प्रारम्भिक रिपाेर्टले सेनाकाे ब्यारेक जनिकै रहेकाले अनुसन्धान गर्न सुझाएकाे थियाे ।
पछिल्लो जानकारी माग्दा जिल्ला प्रहरी कार्यालय कन्चनपुरको अनुसन्धान अधिकृतको जिम्मेवारी समेत सम्हालेका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले यसबारे आफुलाई कुनै जानकारी नभएको जवाफ दिए । -यसअघि याे समाचारमा अन्यथा हुन गएकाले सच्याइएकाे छ ।-सम्पादक