arrow

लागूऔषधसहित २ भारतीय नागरिक पक्राउ

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ असोज १५ सोमबार
pakrau-new.jpeg

बुटवल। प्रतिबन्धित लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगंज सुनौलीका २६ वर्षिय अर्जुन मल्लाह र महाराजगंज थाना गोपालाका ३० वर्षिय सुनिल हरिजन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक डिएसपी कुमोध ढुंगेलले बताए ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३, भैरहवा स्थित हाटबजार लाइनमा शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा लागूऔषध नियन्त्रण व्युरो र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरुसंग लागूऔषध फेला पारेपछि दुव जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट २/२ एमएल को २००/२०० एम्पुलको सेट गरी ६०० एम्पुल डाइजेपाम, नुफिन र फेनारागन तथा ५० ट्याब्लेट नाइट्रोशन बरामद गरी रुपन्देही जिल्ला अदालतबाट म्याद थपेर उनीहरु थप अनुसन्धान भइरहेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ