arrow

एक लाखसम्म जरिवाना गर्दा पनि पोलमा पोष्टर टाँस्न छोड्दैनन् अटेरीहरु 

logo
यमुना भण्डारी,
प्रकाशित २०७५ असोज १५ सोमबार
poster-FNL.jpg

काठमाडौं । महानगर फोहरकै कारण आलोचित छ । त्यसमा पनि सार्वजनिक स्थल होस् वा सडक पेटी कुरुप छन् । पहिले पहिले राजनीतिक दलका कार्यकर्ताले भित्तामा लेखेर फोहर गर्थे । अहिले त्यो हटेको छ । पछिल्लो समय छ्याप्छ्याप्ती खुलेका इन्टिच्यूट तथा कुनै पनि व्यापारि वा व्यवसायिक फर्म, कम्पनीको विज्ञापन गर्ने थलो त्यही सडक पेटी भएको छ । 

सडक पेटीमै रहेका विजुली अथवा टेलिफोनका पोल, पित्तामा पोष्टर टाँस्नेहरुले महानगरलाई हैरान पारेका छन् । यस्तै, स्थानीय बासिन्दा तथा बाटो हिँड्नेहरु के साह्रो कुरुप पारेको होलासम्म भन्छन् । तर, त्यो रोक्नका लागि अहिलेसम्म कसैले सम्बन्धित निकायमा कुरा राख्दैनन् । 

कुनै खास अन्तर्राष्ट्रिय सभा, समारोह वा सम्मेलन आएपछि महानगरले नै होडिङ बोर्ड हटाउनेदेखि पोष्टहरु उप्काउँछ । त्यो बेला केही सञ्चारमाध्यमले दुलही झैँ सिंगारिदै काठमाडौँ भनेर समाचार प्रकाशन प्रसारण गर्छन् । भोलिदेखि त्यो विषय हराउँछ, फोहर बढ्दै जान्छ । पोष्ट टास्नेहरुले फेरि कुरुप पार्छन् । मान्दै मान्दैनन् अटेरीहरु । 

महानगरले दिउँसो अनुगमन गर्छ । तर, पोष्टर टाँस्नेहरु राति टाँस्छन् । एक जनाले एउटा पोष्टर नभ्याउँदै अर्कोले त्यो माथि नै टाँसिदिन्छ । सूचना वा विज्ञापन गर्ने ठाउँ सार्वजनिक स्थल वा पोल हो र ?  काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की भन्छन्, ‘होइन । विलकुल होइन । त्यस्तो भेटे हामीले कारबाही गर्छौँ ।’ के कारबाही गर्नु हुन्छ ? जवाफमा उनले भने, ‘१० हजार देखि एक लाखसम्म जरिवाना हुन्छ ।’

अहिलेसम्म कतिलाई कारबाही गर्नु भो ? जवाफ दिँदै उनले भने, ‘हाम्रो अनुगमन टोलीले भेटेकालाई कारबाही गरेका छौँ । हामीलाई कसैले सूचना दिएको खण्डमा पनि कारबाही हुन्छ । त्यस्तै टाँसिएको पोष्टरको ठेगाना पछ्याएर पनि हामी कारबाही गर्छौँ ।’ त्यही त कति जनालाई कारबाही गर्नु भयो ? उनले भने, ‘कति भनेर यकिन भन्न विवरण चाहिन्छ । सम्बन्धित शाखाबाट लिन सक्नु हुन्छ । तर, यो पल्ट मात्रै हामीले पोष्टर टाँस्ने र फोहर फाल्नेलाई जरिवाना गराएर २३ लाख बढी असुल गरेका छौँ । हाम्रो अनुगनम नियमित छ ।’ तर, केही अटेरीहरु अझै मानिरहेका छैनन् । 

पोष्टर टाँसेको देख्नेहरु के भन्छन् ? 
एउटा बुद्धनगरमा र बानेश्वर गरेर दुईवटा पसल भएका टिकाराम खाती पोष्टर टाँसेको देखेर आजित छन् । कहिले काँही त उनकााे सरि‌ंगाे तातिन्छ । उनी भन्छन्, ‘यो त रोक्नै पर्छ । भित्ता, घर, बाटो पुरै शहर लाई नै कुरुप बनाइएको छ ।’  उनी १४ वर्षदेखि याे सबै चालामाला हेरिरहेका छन् । 

प्रचार गनुपर्छ उनले भने, ‘त्यसका लागि टेलिभिजन, रेडियो, पत्रपत्रिका, अनलाइन, अहिलेत झन् सामाजिक सञ्जाल धेरै माध्यमहरु छन् । भित्तामा टास्नु र पोल–पोलमा पोष्टर टाँस्ने जमाना हो र यो ? राख्ने नै भएपनि निश्चित ठाउँहरु तोकिदिनु पर्दछ ।’ शहरको सुन्दरता विगार्ने जो सुकैलाई कारबाही गरिनु पर्दछ । 

उनले महानगरका मान्छेले काम गरेजस्तो मात्रै गर्ने र अलि कमजोर वर्गलाई मात्रै थर्काउने गरेको उनको गुनासो छ । 
उनी यो पनि भन्छन्, ‘जस्ले पोष्टर टाँसेको देख्छ, हरेकले सचेत गराउनु पर्दछ । सार्वजनिक स्थल कसैको प्रचार थलो हुनसक्दैन ।’

यस्तै, उसा थापा पनि व्यवसाय गर्छिन् । उनी याे गतिविधि विगत २२ वर्ष देखि नियालीरहेकी छन् । अहिले उनले पाएकाे फरक बाटाे केही चाैडा भएकाे मात्रै हाे । उनलाई पनि भित्ता र पोलमा पोष्टर टाँसेको देख्दा दिक्क लाग्छ । उनी भन्छिन्, ‘मैले अहिलेसम्म पोष्टर नटाँसेको सक्लो पोल देखेकी छैन । यस्तो, सस्तो प्रचार किन गरिन्छ । यसबाट कसलाई के फाइदा हुँदो हो ? यसले त हामी फोहर बढाएर हामी सबैलाई घाटा गरिराखेको जस्तो लाग्छ । एउटा पोष्टर टाँस्न पाएको हुँदैन ।

अर्कोले छोपिहाल्छ । प्रचार गर्नेहरुलाई पनि के फाइदा हुँदो हो ? बरु यो पोष्टर छपाईको खर्च ठिक्कको पत्रपत्रिका वा अन्य विद्युतीय सञ्चार माध्यममा विज्ञापन दिएर सहयोग गरेको भए हुने, उनले अगाडि भनिन्, ‘त्यसले एउटा सञ्चारमाध्यमलाई सहयोग पनि हुने र सञ्चारमाध्यमप्रतिको धारणा पनि परिवर्तन हुने स‌ंस्कार बस्थ्यो ।’ यो जे भइरहेको छ, ठिक भइरहेको छैन । सबैलाई घाटा गर्ने काम भईरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ