arrow

धनकुटा कांग्रेसका अग्रज मानन्धरको निधन

logo
प्रकाशित २०७५ असोज १६ मंगलबार
manandhar.JPG

धनकुटा । नेपाली कांग्रेस धनकुटाका अग्रज तथा नेपाली कांग्रेस पाख्रिवास नगर कार्यसमितिका सभापति कोपिन मानन्धर र क्षेत्रिय प्रतिनिधि दिपेन्द्र मानन्धरका पिता गोपाल मानन्धरको मंगलबार असमायिक निधन भएको छ ।

नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले शोक विज्ञप्ती जारी गरी नेपाली कांग्रेस धनकुटाका अग्रज तथा नेपाली कांग्रेस पाख्रिवास नगर कार्यसमितिका सभापति कोपिन मानन्धर र क्षेत्रिय प्रतिनिधि दिपेन्द्र मानन्धरका पिता गोपाल मानन्धरको   असमायिक निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षती पुगेको जनाईएको छ ।  

धनकुटाका अग्रज कांग्रेस स्वर्गीय गोपाल मानन्धर प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारजनमा हार्दिक समवेदना उक्त शोक विज्ञप्तीमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ