arrow

एक दशपछि दाङमा नेपाल एयरलाइन्सको परिक्षण उडान

दशै अघि नियमित उडान हुने

logo
शरद रेग्मी,
प्रकाशित २०७५ असोज १६ मंगलबार
nepal-airlines-dang.jpg

दाङ । नेपाल एयरलाइन्सले दाङको टरीगाउँ विमानस्थलमा परिक्षण उडान गरेको छ । विहानको ११ बजेर २० मिनेटमा पहिलो पटक विमानस्थलमा अवतरण गरेको पाँच मिनेटमै उडेको नाइन. एन. एकेयु विमानले दोस्रो पटक ११ बजेर ३५ मिनेटमा पुनः अवतरण गरेको थियो ।

 अवतरणपछि पत्रकारहरुसंग कुरा गर्दै प्राविधिक टोलीले प्राविधिक दृष्टिकोणले विमानस्थल उपयुक्त भएको बताएका छन्।

१० बर्ष अघि टरीगाउँ एयरर्पोट घाँसे मैदानमा विमान अवतरण गरेको स्मरण गर्दै क्याप्टेन आङनुरी शेर्पाले अहिले निकै राम्रो भएको बताए । १६ सीटे जहाजका लागि उडान भर्न कुनै समस्या नभएको भन्दै क्याप्टेन शेर्पाले पाँच सय मिटर विस्तार गरेमा ३२ सीटे जहाज बस्न सक्ने बताए । नेपाल वायुसेवा निगमका इन्जिनियर विशाल पौडेलले धावनमार्ग उपयुक्त रहेको भन्दै रुख विरुवा र घरले कुनै असर नगर्ने बताए।

प्राविधिक टोलीमा क्याप्टेन उद्धव घिमिरे, मोनिका रञ्जीत र सन्तोष निरौलाको पनि सहभागिता रहेको थियो । प्राविधिक टोलीलले पैतीस सयरुपैयाँ भाडा निर्धारण गरे पनि कुनै घाटा नलाग्ने बताएको छ । इन्धन डिपो स्थापना गरेमा नियमित उडान भर्न सहज हुने उनिहरुको सुझाव थियो । प्राविधिक प्रतिवेदनका आधारमा दशै अघि विमान नियमित उडान हुने उनिरुले बताएका छन ।

संघिय सांसद मेटमणी चौंधरी, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलका बीच मंगलवार जहाजले परिक्षण उडान गर्ने र त्यसपछि नियमित उडान भर्ने सहमति भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ