‘लोकतन्त्र काका’ लाई सम्मान गर्न पाउँदा उत्साही कांग्रेस महामन्त्री खड्का
प्रकाशित २०७५ असोज १७ बुधबार
498
Shares
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले वीरगञ्जमा नेपाली काँग्रेसको विधान मस्यौदा सुझाव संकलन अभियानमा सहभागी हुन जाँदा निकै उत्साही भएको प्रतिक्रिया व्यक्त गरेका छन् । सामाजिक संजालमा उनले लछमनवागाउँको मधेशी दलित बस्तीमा बास बसेको र स्वादिष्ट भोजन गर्ने अवसर मिलेको लेखेका छन् ।
उनले भनेका छन्, वीरगञ्जमा नेपाली काँग्रेस केन्द्रीय विधान मस्यौदा समितिद्धारा विधान मस्यौदामा सुझाव संकलन अभियानमा सहभागी हुन जाँदा आश्विन १२–१३ गते पर्साको लछमनवागाउको मधेशी दलित बस्तीको निरन्जन हजाराको घरमा एक रात बास बस्ने र स्वादिष्ट भोजन गर्ने सुवर्ण अवसर प्राप्त भयो। सोही अवसरमा २०६२ –२०६३ को ऐतिहासिक जनआन्दोलनका वीरगन्जका आन्दोलनकारीबीच लोकप्रिय लोकतन्त्र काकाको नामले परिचित ग्रहण ठाकुरलाई उहाँकै घरमा पुगी गम्छा ओढाई सम्मान गरी स्वास्थ्यलाभको कामना गर्ने र उहाँसंग साक्षात्कार हुने अवसर प्राप्त, अनि त्यस गाउँका अग्रजहरुसंग भलाकुसारी गरी आशीर्वाद द लिने साइत समेत जुर्यो । मुलुक र हाम्रो पार्टीका लागि गम्भीर प्रकृतिका उपयोगी सुझाव प्राप्त ।’