बझाङ । नेपाल प्रेस युनियन बझाङ शाखाको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा रमानन्द जोशी सर्वसम्मत रुपमा चयन भएका छन् । युनियनको दुई दिन सम्मको छलफल र परामर्ष पछि निवर्तमान कार्य समितीका सचिव जोशीलाई सर्वसम्मत रुपमा चयन गरिएको हो ।
अध्यक्षको पदका लागि जोशी र ललित सिंहको सहमती नभएपछि प्रेस यनियनका अग्रज पत्रकार र नेपाली कांग्रेसका पार्टी सभापतिसहितको सर-सल्लाहमा निवर्तमान सचिव समेत रहेका रमानन्द जोशीले अध्यक्ष हुन पर्ने न्यायोचित र सम्मान हुने भन्दै जोशीको नाम सिफारिस गरेपछि उनि अध्यक्षमा चयन हुन सफल भएका हुन् ।
१५ सदस्यीय कार्यसमिती रहेको युनियनको शाखामा उपाध्यक्ष खुल्लामा असोक खड्का ,उपाध्यक्ष महिलामा पार्वती ऐडी , सचिवमा दिनेश साँउद , कोषाध्यक्षमा बिना रोकाया सहित अन्य सदस्यहरु रहेको छन् ।
यसका साथै केन्द्रिय पार्षदमा निवर्तमान अध्यक्ष जगदीस रोकायासहित शैलेन्द्र रोकाया , निरनराम जोशी , शिवराज उपाध्याय , यज्ञराज उपाध्याय, नरेन्द्र खाती , सिता खड्का, पार्भती ऐडी लगायत १२ जना रहेका छन् ।
त्यसैगरि प्रदेश पार्षदका लागी जगत खड्का , दिपक भण्डारी , डिबी बिष्ट ,प्रदिप मलासी, उमेश जेठारा लगायत १९ जना रहेका नवर्निचित अध्यक्ष रमानन्द जोशीले वताए ।
८० जना साधारण सदस्य रहेको युनियनको चौथो जिल्ला अधिवेशनको सोमवार उद्घाटन समारोहमा व्यवसाथिक पत्रकारिता र पेसागत सुरक्षा साथै मर्यादीत पत्रकारीतामा जोड दिएका थिए ।
अधिवेशन सम्पन्न गर्न प्रेस युनियनका सुदुरपश्चिम संयोजक लाल ऐर र प्रतिनिधि केन्दिय सदस्य हरिस भट्ट सहभागि थिए । कार्यक्रमको प्रमुख अतिथीमा नेपाली कांग्रेस बझाङका सभापती हर्कजगं बहादुर सिंह रहेका थिए ।