खेतमा पानी लगाएपछि ‘कामीले पानी छुनु हुन्न’ भन्दै पन्थीले कुटे दलित
प्रकाशित २०७५ असोज १७ बुधबार
587
Shares
दाङ। जातिय लाञ्छना लगाउँदै तुलसीपुरमा एक बृद्ध कुटिएका छन् । तुलसीपुर उपमहानगरपालिका १८ दुधराज स्थित लमैटोलका ६३ बर्षिय कर्णबहादुर कामी माथी सोही ठाउँका तिर्थ पन्थीले कुलोको पानीको विषयलाई लिएर जातिय लाञ्छना लगाउँदै कुटपिट गरेका हुन् ।
पानीको पालो मिचेर पन्थीले आफ्नो खेतमा लगाएपछि आफुले पानी खोल्न जाँदा कुटपिट गरेको कर्णबहादुरले बताए। ‘कामीले पानी छुनु हुन्न’ भन्दै कुटपिट भएको कर्णबहादुरले जानकारी दिए। ‘खेतमा पानी चाहार्ने पालो मेरो थियो, म सहित चार जना मिलेर मोहोडाबाट खोला थुनेर पानी ल्याएका थियौँ ।’ कर्णबहादुरले भने, ‘मेरो पालोमा पन्थीले आफ्नो खेतमा हालेपछि मैले पानी खोलेर मेरो खेतमा हाल्न खोजेँ ।’ उनले भने।
‘कामीले पनि खेतमा पानी हाल्ने ? भन्दै उनले मलाई फरुवाले ढाडमा हिर्काउनु भयो ।’ उनले भने, ‘अहिले औषधी खाईरहेको छु । बाहिरबाट चोट देखिन्न । तर राम्रो संग सुत्न सकिदैन ।’ पन्थी परिवारले आफुलाई पटक पटक कुटपिट समेत गर्दै आएको कर्णबहादुरको भनाई छ ।