arrow

टिपर संचालक किच्रिक्क, साबिककै समयमा टिपर चल्ने

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
tipper1.JPG

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पुरानै नियमअनुसार काठमाडौंमा टिपर संचालन हुने जनाएको छ । महाशाखाले बिहीबार बिहान तत्कालको लागि गत साउन १ गतेदेखिकै नियमानुसार काठमाडौं भित्र रिङरोड, रिङरोड भित्र र कोटेश्वरबाट जडिबुटि सम्मको सडक खण्डमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र टिपर संचालन गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

बुधबार मात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र टिपर सञ्चालन गर्ने समय परिवर्तन गरेको थियो । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर सञ्चालन गर्न अनुमति दिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी दिएका थिए ।

जिल्ला प्रशासन कार्यालयले गत साउन १ गते उपत्यकामा टिपर दुर्घटनाका कारण मावनीय क्षति बढेको भन्दै रातको समयमा मात्र टिपर सञ्चालन गर्न दिने निर्णय गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ