सपनाको देशमा लाग्ने बाटो बनाउने हैन त ! यस्तो छ डीभी भर्ने तरिका
प्रकाशित २०७५ असोज १८ बिहिबार
244
Shares
काठमाडौं । अमेरिका भनेपछि हुरुक्क हुनेहरु धेरै छन् । सपनाको देश अर्थात् अमेरिका । नेपालमा जतिसुकै ठूलो ओहदाको व्यक्तिले पनि त्यो सपनाको देश जानलाई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडीभी) भर्ने चलन छ ।
त्यस्तै हो भने किन छाड्ने । बुधबार राति ९ः४५ बजेबाट सुरु भएको डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहने छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले सन् २०२० को लागि डीभीको आवेदन दिन आब्हान गरेको छ ।
कसरी भर्ने ?
डीभी भर्न चाहनेले तोकिएको समयभित्र http://www.dvlottery.state.gov वेब साइटमा गएर डीभीका लागि आदेवन भर्न सक्ने दूतावासले जनाएको छ ।
– २१ वर्षभन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु पर्ने
–डीभी फर्म एक पटकभन्दा धेरै समय भर्न नहुने
–डीभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटोहरु राखेर डीभी भर्न नहुने
–चस्मा लगाएको फोटो राखेर डीभी भर्न नहुने
–डीभी भर्दा फोटो फारममा भने अनुसारकै फोटो राख्नुपर्ने
–डीभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने । पछि डीभी पर्यो कि परेन भनेर चेक गर्न कन्फर्मेसन नम्बर अनिवार्य चाहिन्छ ।
–आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगानासमेत दिनुपर्ने ।
डीभी पर्दैमा अमेरिका जान पाइँदैन । प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । डीभी परिसकेपछि डीभी पर्नेको योग्यता तथा अमेरिकी आप्रवासी कानुन बमोजिको योग्य छ कि छैन यो सबै जाँच भएपछिमात्र अमेरिका जान पाइन्छ ।