arrow

विवेकशीलका संयोजकलाई निर्मलाका आमा-बुवाले भने- 'हामीले सिर्फ न्याय खोजेको हौँ'

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
nirmala-bibekshil.jpg

काठमाडौं ।  विवेकशील साझा पार्टीका संयोजकहरू रवीन्द्र मिश्र र उज्वल थापा लगायतका नेताहरुले निर्मला पन्तको बुवा-आमालाई भेटेर समवेदना र एक्यवद्धता पुनः व्यक्त गरेका छन्। बुधवार मिश्र र थापा निर्मला पन्तको घर निम्बुखेडा ( कञ्चनपुर ) गएर निर्मला पन्तको आमा बुवालाई भेटेका हुन् ।

 भेटमा निर्मला पन्तका आमा-बुवाले "हामीले केही खोजेको छैन, सिर्फ न्याय खोजेको हौँ।" भन्दा उपस्थित सबैको आँखा भरिएको थियो। संयोजक उज्वल थापाले सरकारले छिटोभन्दा छिटो छानबिन गरेर असली हत्यारा बाहिर ल्याउनुपर्नेमा जोड दिएका थिए। साथै, उनले सरकारलाई दबाब दिन आफू अनि आफ्नो पार्टी लागि परेको समेत बताए।

सुदुरपश्चिमको कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मलापन्तको बलात्कार पछि हत्या भएको ६५ दिन पुगीसक्दा पनी सरकराले अपराधी पत्ताा लगाउन सकेको छैन । बालिका हत्याको विरोधमा देशव्यापी आन्दोलन र प्रर्दशन भइरहदा कैलालीका बालिका विद्यार्थी समेत आन्दोलित बनेका छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ