arrow

आईजिपी खनाललाई बर्खास्त गर्न गृहमन्त्रीसँग विद्यार्थी संगठनको माग

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
ncp-student.jpg

काठमाडौं ।  नेकपा आवद्ध विद्यार्थी संगठनले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बर्खास्त गर्न माग गरेको छ।

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले  निर्मला पन्तको बलात्कारपछि हत्यामा प्रमाण नष्ट गर्ने प्रहरीलाई कारबाहि गर्न नसकेको भन्दै प्रहरी महानिरीक्षक खनाललाई बर्खास्त गर्न माग गरेको हो ।

बिहीबार गृहमन्त्री रामबहादुर थापालाई सिंहदरबारमा ज्ञापन पत्र बुझाउँदै दुवै संगठनका नेतृत्वले निर्मलाको हत्यारा पत्ता लगाउन नसक्ने प्रहरी महानिरीक्षक खनालले तत्काल राजीनामा दिनुपर्ने माग गरिएको अनुरास्ववियूले जनाएको छ । साथै उनिहरुले जनताको जीउधनको सुरक्षा दिन नसकेको भन्दै गृहमन्त्रीकै अगाडि आलोचना गरेका थिए ।

त्यस्तै जनतालाई मारमा पार्ने गरी यातायातको साधनमा बढाइएको भाडा तत्काल फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) ले ध्यानाकर्षण गराएको छ । क्रान्तिकारीले महंगी नियन्त्रणका लागि अनुगमनको काममा तीव्रता दिन पनि गृहमन्त्री थापासँग माग गर्‍यो ।

गृहमन्त्री थापाले निर्मला पन्तको हत्यामा संलग्न दोषी छिट्टै पक्राउ पर्ने बताए । उनले उच्चस्तरीय छानविन समितिले दिएको प्रतिवेदनको आधारमा हत्याकाण्डको छानविनको गरिरहेको बताएका छन् ।

सामाजिक संजालमा भने आफ्ना कार्यकर्तालाई छाड्न नमानेपछि सांसद नविना लामाले प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई बर्खास्तीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको चर्चा चलेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ