arrow

प्रधानमन्त्री ओली आउँदै : यी रुटमा हुनेछ ट्राफिक अस्तव्यस्त

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
kp-oli-bye1.jpg

काठमाडौं ।  राष्ट्रसंघको महासभामा भाग लिन असोज ६ गते अमेरिका गएका प्रधानमन्त्री केपी ओली बिहिबार अपरान्ह स्वदेश फर्किँदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले दिएको जानकारी अनुसाउन उनी चढ्को कतार एयरको विमान अपराह्न पौने ४ बजे त्रिभुवन विमानस्थल अबतरण गर्ने छ ।
 
प्रधानमन्त्री आउने समय भन्दा २ घण्टाअघि पौने २ बजेदेखि नै उनी सरकारी निवास फर्किने रुटमा सुरक्षाकर्मी सहित ट्राफिक प्रहरीको टोली परिचालन गरिँदैछ ।  प्रधानमन्त्री विमानस्थल ओर्लिने समयभन्दा करीब आधाभन्दा अघिदेखिनै उनी फर्कने रुट खाली गरिनेछ ।
 
प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार फर्किने क्रममा एयरपोर्टबाट, एयरपोर्ट गेट, तिलगंगा, गौसला, रातोपुल, ज्ञानेश्वर ल्होत्से चोक, नक्साल भगवती, छाता गणेश, भाटभटेनीबाट राष्ट्रबैंक हुँदै बालुवाटार निवास प्रवेश गर्नेछन् ।

 प्रधानमन्त्री फर्किने रुट साढे ३ बजेदेखि नै खाली गरिने हुँदा यो रुट भएर चल्ने सवारी साधनलाई बैकल्पिक मार्ग प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ