प्रधानमन्त्री ओलीको भविष्यवाणी : यो सरकार पाँच वर्ष टिक्छ
माधव नेपाललाई कटाक्ष : अरुको कविता पनि भन्न आउँदो रहेछ !
प्रकाशित २०७५ असोज १८ बिहिबार
281
Shares
काठमाडौं । १२ दिन विदेशतिर बरालिएर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको सरकार पाँच वर्ष टिक्ने भविष्यवाणी गरेका छन् । राष्ट्रसंघको सभामा भाषण गर्ने चार दिन अघि नै न्यू योर्क पुुगेका ओली, त्यतैबाट फेरी कोस्टारिका पुुगेर डाक्टर उपाधीको टोपी लगाएर पनि फर्किएका छन् ।
विहिबार अपरान्ह त्रिभुवन विमानस्थल ओर्लिएका प्रधानमन्त्री ओलीले अर्को भविष्यवाणी पनि गरेर मुसुक्क हाँस्दै भने “यो सरकार पाँच वर्ष चल्छ, पाँच वर्षमा चुनाव गराउँछ, यो भन्दा बलियो भएर आउँछ, अलि बलियो भएर, (हाँस्दै) यसमा अहिले नै धेरै नगरम” ।
पार्टी बरिष्ठ नेताले देश डुुब्न लाग्यो भनेर संसदमा दिएको अभिव्यक्तिको जवाफमा उनले आफ्नो भविष्यवाणी सुनाएका हुन् । नेपाललाई झटारो हान्ने क्रममा उनले भने : के कुरामा अलिकति चित्त बुुझेको हुँदैन कवि मनले अलिकति कवितात्मक र लयात्मक ढंगले भनिहालियो भने, त्यसैलाई समातेर कुद्न पर्ने कही पनि छैन ।
उनले थपे, मैले सबै त सुन्या छैन, एउटा पुरा गीत सम्झिनु भो भन्ने कुरा । बोल्दै जाँदा पुरानो गीतहरु सम्झना हुन पनि सक्छ । साथीहरुले सरकारको लक्षण र गति देखिसकेको भन्दै प्रधानमन्त्री ओलीले थपे : यो सरकार पाँच वर्ष चल्छ । पाँच वर्षपछि चुनाव गराउँछ र यो भन्दा अलि बलियो भएर आउँछ । वर्तमान सरकारले नराम्रो काम एउटै नगरेको र राम्रो गर्ने कोशिश गरेको (खुलासा?) पनि उनले गरे ।