arrow

ग्रन्थ बेचबिखन गर्न खोजेको आरोपमा तीन जना पक्राउ

logo
प्रकाशित २०७५ असोज १८ बिहिबार
pakrau-new.jpeg

जिरी । जिल्ला प्रहरी कार्यालय दोलखाले ग्रन्थ बेचबिखन गर्न खोजेको आरोपमा तीन जनालाई पक्राउ गरी बिहिबार सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा भीमेश्वर नगरपालिका –३ का शिवहरि थापा, टेक थामी, उद्धव गौतम छन् । छालामा लेखिएको अष्टहस्रिका प्रज्ञा परमिता ग्रन्थबीचका ४९ पानासहित असोज १० गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखा प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए।

ग्रन्थ १०० वर्ष पुरानो भएको र त्यसको मूल्य १९ लाख ६० हजार पर्ने पनि उपरीक्षक वासुदेव पाठकले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ