प्रेस स्वतन्त्रता भएमा, देशमा भोकमरी हुदैन : पूर्वअर्थमन्त्री महत
प्रकाशित २०७५ असोज १८ बिहिबार
420
Shares
राजविराज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री रामशरण महतले प्रेस स्वतन्त्रता भए मात्र देशको विकास हुने बताउका छन्।
नेपाल प्रेस युनियन सप्तरीले आज छैटौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले पत्रकारिताको महत्व भनेको प्रेस स्वतन्त्रता हो भन्दै प्रेस स्वतन्त्रता भएमा देशमा भोकमरी नहुने बताए। प्रेसलाई कम्युनिष्ट सरकारले दबाउन खोजेको आरोप लगाउँदै बहुदलीय व्यवस्था ल्याउनका लागि राजनीतिक गरेका नेपाली कांग्रेसले अहिले पनि जनताको हकहितमा स्वतन्त्रता खोजिरहेको उनले बताए।
जनताको हकहितमा कांग्रेसले सधैँ आहुति दिएको भन्दै जातीय विभेद् अन्त्य गर्नका लागि जनताको साथ हुनुपर्छ भने। उद्योगधन्दामा पनि कांग्रेसले गाउँगाउँमा स्वास्थ्य, शिक्षा, बिजुलीको व्यवस्था, खानेपानी एवं स्वतन्त्ररुपमा हिँड्न र बोल्नका लागि ठूलो योगदान दिएको उनले बताए। रासस