मोटरसाईकल एक आपसमा ठोकिएर सडकमा लडेका चौधरीलाई ट्रकले पेल्यो, घटनास्थलमै मृत्यु
देनावनन्द न्यौपाने,
प्रकाशित २०७५ असोज १९ शुक्रबार
363
Shares
लम्की । कैलालीको लम्की चुहा नगरपालीका वडा नम्वर ४ मा शुक्रवार विहान ट्रकको ठक्करवाट एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
से ४ प ७३७० नम्वरको मोटरसाईकल र से ६ प ७०४१ नम्वरको मोटरसाईृकल एक आपसमा ठोक्कीदा भुईमा लडेका से ४ प ७३७० नम्वरका मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका २ का भागीराम चौधरीलाई पुर्ववाट पश्चिम जादै गरेको ना ४ ख १२४७ नम्वरको ट्रकले कुल्चीदा चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
अर्का मोटरसाईकल चालक लम्की चुहा ४ का विनोद विश्वकर्मा र साथमा सवार मनिषा वि.क. दुर्घटनामा परी घाईते भएका छन् । उनको लालरत्न अस्पताल लम्कीमा उपचार भईरहेको छ । चौधरीलाई कुल्चेर फरार रहेको ट्रक र चालकलाई मसुरियावाट प्रक्राउ गरिएको ट्राफिक प्रहरी कार्यालय लम्कीमा प्रमुख नवराज शाहीले जानकारी दिए ।