arrow

लामो अन्तराल पछि प्रचण्ड र बैद्य एक ठाउँमा

logo
प्रकाशित २०७५ असोज १९ शुक्रबार
baidya-visits-dahal-for-unification-talks.jpg.jpeg

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्य 'किरण'ले राजनीतिक बिचार नमिलेर फरक –फरक पार्टीको नेतृत्व गरेको निकै लामो समय भईसकेको छ ।

अझ प्रचण्डले आफ्नो पार्टीलाई एमालेमा लगेर एकिकरण गरी सकेका छन् । यसरी हेर्दा प्रचण्ड एकिकृत पार्टीको दोश्रो नम्बरका अध्यक्ष हुन्  भने बैध्य आफ्नो पार्टीका पहिलो नम्बरका अध्यक्ष हुन ।  यी दुई अध्यक्ष बिगत लामो समय देखी फरक फरक धारको राजनीति गरिरहेका छन ।

बेला बेलामा पार्टी एकिकरण गर्न प्रचण्डले प्रस्ताव गरे पनि बैद्यले मानिरहेका छैनन् । प्रचण्डले राजनीतिक गुरुका रुपमा स्वीकारेका बैद्यसँग औपचारिक कार्यक्रममा प्राय नदेखिने प्रचन्ड शुक्रबार साँझ राजधानीको राष्ट्रियसभा गृहमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमा एकै ठाउँ देखिने भयका छन् ।

जनताका गायकको परिचय बनाएका जनवादी गायक जीवन शर्मा संयुक्त सांस्कृतिक साँझ नाम दिईएको कार्यक्रम आज (शुक्रबार) अपरान्ह ४:३० बजेबाट हुने कार्यक्रममा दुई अध्यक्ष बिच भेटघाट हुनेछ  ।

उक्त संस्कृतिक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’लगायत नेपाल सरकारका मन्त्रिहरु पनि सहभागि हुने आयोजकले जनएको छ । आयोजकका अनुसार सो संस्कृतिक कार्यक्रममा सामना र रक्तिम सांस्कृतिक परिवारका कलाकारले आफनो प्रस्तुति दिनेछन भने हाँस्य कलाकार सुबोध गौतमको पनि प्रतुति रहने छ ।

तत्कालिन माओबादीले स्थापना गरेको सामना र रक्तिम सांस्कृतिक परिवारले प्रस्तुत गर्ने उक्त कार्यक्रममा प्रचण्ड र किरणको उपस्थितिलाई महत्वका साथ हेरिएको छ । उता आयोजक संस्थाले भने नेतृत्वहरुको उपस्थितिमा गरिएको कार्यक्रम अरु केही नभएर हराउँदै गएको जनवादी गित संगितको संवर्धन, बिस्तार र प्रचार प्रसारको लागि मात्र भएको जनाएको छ । 

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि आमन्त्रित गरिएकोमा उनको उपस्थितिको टुङ्गो नलागिसकेको आयोजकले जानकारी दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ