निर्मलाका निम्ति न्याय: शनिवार माईतीघर मण्डलमा जनभेला
#JusticeForNirmala
प्रकाशित २०७५ असोज १९ शुक्रबार
308
Shares
काठमाडौं। कंचनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समयसम्म पनि अपराधी पत्ता लाग्न सकेको छैन। 'निर्मलाका निम्ति न्याय'को नाराका साथ असोज २० गते शनिवार काठमाडौंको माईतीघर मण्डलमा जनता भेला हुने भएको छ।
निर्मलाका निम्ति न्याय अभियानले असोज २० गते शनिबार दिउँसो १:०० बजे काठमाडौंको माईतीघर मण्डलमा जनता भेला आयोजना गरि नयाँ बानेश्वरसम्म र्याली गर्नेछ। उक्त भेलामा न्यायप्रेमी मानिसहरुलाई सहभागी हुन पनि अभियानले आव्हान गरेको छ।
अभियानले मण्डलबाट र्याली नयाँ बानेश्वरसम्म जाने जनाएको छ। र्यालीमा लगाउने नाराहरुकालागि पनि केही नियम र नारा सार्वजनिक गरेको छ। उक्त र्यालीमा फाँसी तथा मृत्युगण्डको माग राख्दै नारा नलगाउने तथा निषेधित क्षेत्र तोड्ने र ढुङ्गामुढा गर्न नपाईने स्पष्ट पारेको छ।
'निर्मलाका निम्ति न्याय' माग्दै जनताहरु सडक, समाजिक संजालमा लगातार आन्दोलित छन्। सरकारले निर्मला पन्तको बलत्कार पछि भएको हत्यामा कुनै अपराधि पत्ता लगाउने उपलब्धि हासिल गर्न सकेको छैन्।
प्रहरीले सुरुवाती अनुसन्धानमा प्रमाण मेट्ने काम गरेको तर उक्त कार्य गरेका प्रहरीहरु अनुसन्धानको दायरामा नआउनुले पनि जनतामा आक्रोश र सरकारको नियत प्रति शंका बढाउँदै लगेको छ।
गृहमन्त्री र प्रहरी प्रमुखको राजिनामा पनि माग्ने क्रम बढ्दै गएको स्थितीमा सरकारले कुनै ठोस कदम चाल्न सकेको छैन। न्यायकालागि जनता सडकमा आउनु पर्ने र न्यायकालागि सरकार उदासिन हुनाले पनि जनआक्रोश बढ्दै गएको छ।