arrow

बागलुङ कांग्रेसले दियो सडकमा ओर्लने चेतावनी

logo
प्रकाशित २०७५ असोज १९ शुक्रबार
Bigwati.jpg

बागलुङ । सरकारले गरेको पछिल्ला निर्णय प्रति नेपाली कांग्रेस बागलुङले गम्भिर ध्यानकर्षण गराएको छ ।  शुक्रबार एक प्रेस विज्ञप्ती जारी गरी सरकारले पछिल्लो समयमा गरेको समाजिक सुरक्षा भत्ताका विषय लगायतका निर्णय प्रति आपत्ती जनाएको छ ।

कांग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाद्धारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तीमा सर्वहारको पक्षपाती दाबि गर्ने दुई तिहाईको सरकारले दम्भ देखाएको उल्लेख गरिएको छ । विज्ञप्तीमा भारतीय बेलायती लगायतका मुलुकमा निबृत्त सेनाहरुका लागी सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णय असमान्य भएको भनि यस प्रति ध्यानकर्षण गराएको छ ।
 
आफ्नै मुलुकमा रोजगारी नपाएपछि जिवनयापनका लागी ज्यानको बाजी लगाएर विदेशी भुमिमा मृत्युसँग जिवन साटेर फर्केका जेष्ठ नागरिक प्रति गरिएको यो निर्णय तत्काल बदर गर्न विज्ञप्ती मार्फत माग गरिएको छ ।

त्यसैगरी तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गरिएको जेष्ठ नागरिकको भत्ताको उमेर हद ६५ वर्ष तथा एकल महिला र दलितको ५५ वर्षमा सामाजिक भत्ता दिने निर्णय तत्काल कार्यान्वय गर्न माग गरिएको छ ।

 त्यसैगरी भुकम्प पिडितलाई थप एक लाख दिने निर्णय र गम्भिर प्रकृतिका स्वास्थ्य समस्या भएको व्यक्तिहरुलाई निःशुल्क उपचार र मासिक ५ हजार भत्ता दिने लगायतका विषयमा गरेका निर्णहरु पनि तत्काल लागु गर्न सरकार समक्ष आग्रह गरिएको छ ।

सरकारले लगाएको दोहोर कर र पेट्रोलियम पदार्थ, ग्यास लगायत दैनिक उपभोय सामाग्रि र यातायात क्षेत्रमा गरेको चरम लार्पाबाही तत्काल सच्चाएर जानुपर्ने भन्दै  मुलुकमा हत्या हिंसा बलात्कार जन्य अपराधहरु बढदै गएको हुनाले अपराधी र दोसी माथी कारबाहीको माग गरेको छ ।

 विज्ञप्तीमा बर्तमान सरकारले गरेका गतिविधिहरु जनविरोधी भएको भन्दै तत्काल सचिएर नगए कांग्रेस सडकमा ओर्लर्न चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ