arrow

नेकपाभित्र देखिएको विवाद बाहिर सञ्चारमाध्यममा आएजस्तो होइन : विष्णु पौडेल

logo
प्रकाशित २०७५ असोज २० शनिबार
Bishnu-Paudel.jpg.jpeg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले पार्टीभित्रका समस्या निराकरणमा केन्द्रित भएको बताएका छन् ।

आफ्नै निवासमा कुराकानी गर्दै उनले पार्टीभित्रका समस्यालाई चाँडै समाधान गरी पार्टी एकतालाई टुङ्ग्याउने बताए। उनले दुई पार्टीबीचको एकता ठूलो काम भएकाले केही समय लाग्ने गरेको भन्दै अहिले पार्टी एकतालाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी गराए ।

पार्टीभित्र देखिएको विवाद बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको उल्लेख गर्दै पार्टीभित्र कुनै समस्या नभएको उनको भनाइ थियो । महासचिव पौडेलले सरकारको कामको परिमाण आउन केही समय लाग्ने भन्दै जनतालाई निराशा नहुन आग्रह गरे । उनले चाँडै विकास खोज्दा सरकारको स्वाभाविक आलोचना भएको बताए।

“ राजनीतिक, सामाजिक, आर्थिक रुपान्तरणको क्षेत्रमा दशकौं देखिको वेथिति सङ्ग्रह छ”, उनले भने, ‘‘त्यसलाई दुरुस्त गर्नका लागि ६–८ महीनाको समयले पुग्दैन । त्यसकारण सरकारले जनताको अपेक्षा पूरा हुने गरी विकासलाई अगाडि बढाउन सकेको छैन ।”

उनले चाँडै नै सरकारले परिमाण आउने गरी जनताको निराशालाई चिर्दै आत्मविश्वास बढाउँदै विकास निर्माण, समृद्धि र सामाजिक न्याय दिने गरी काम अगाडि बढाउनेसमेत बताए।

नेता पौडेलले संविधान कार्यान्वयन भइरहेको भन्दै अबको ध्यान मुलुकको विकास निर्माणमा केन्द्रित हुने धारणा राखे। उनले सिङ्गो समाज र सबैको सोच बदलेर मुलुकको विकास दू्रतगतिका साथ लैजानुको विकल्प नभएको बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ