arrow

सरकारले जनताको साना काम पनि गर्न सकेन : बद्रि पाण्डे

logo
रमेश विक,
प्रकाशित २०७५ असोज २१ आइतबार
badri-pandey.jpg

गुल्मी। सरकारले जनताको जीवनस्तरलाई माथि उठाउनुको साटो करको दर बढाएर झन् समस्यामा पारेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य बद्रि पाण्डेले एक कार्यक्रमकाबीच बताएका छन्।

नेपाली कांग्रेस स्थानीय तह विभाग गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको नेपाली कांग्रेसबाट स्थानीयतहमा निर्वाचित जनप्रतिनिधि र पार्टी तथा भातृसंस्थाका प्रमुख प्रतिनिधिहरुलाई अभिमुखीकरण तालिमलाई सम्बोधन गदै उनले उक्त कुरा बताएका हुन्। उनले दुई तिहाई बहुमत प्राप्त सरकारले जनताहरुको साना भन्दा साना काम समेत गर्न नसकेको बताए। वर्तमान सरकारप्रति लक्षित गर्दै पाण्डेले अहिलेको सरकार केबल गफमा मात्र सीमित रहेको बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पाण्डेयले जतिपनि परिर्वन भएका छन् ती सबै परिवर्तन नेपाली कांग्रेसको उपलब्धि भएको बताए। पाण्डेयले राजनैतिक परिवर्तन, संवैधानिक परिवर्तन काङग्रेसको उपलब्धि भएको बताउँदै एकात्मक शासन प्राणालीबाट हाल संघीय शासन पद्धतिमा रुपान्तरण गरी कार्यान्वयनको चरणमा हुनु यसैको उदाहरण भएको बताएका हुन्।

कार्यक्रमलाई नेपाली कांग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व सांसद रुद्रमणि शर्मा भण्डारी, सचिव खिलध्वज पन्थी, बिष्णु सापकोटा लगायतले सम्बोधन गर्दै अहिलेको अवस्थामा पार्टीलाई सङगठित गर्दै एकताबद्ध भएर लैजानु पर्नेमा जोड दिएका थिए। पार्टीलाई बलियो बनाउन तल्लो तहबाट नै मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिए।

उक्त अभिमुखीकरण तालिममा जिल्ला न्यायाधिवक्ता लक्ष्मण घिमिरेले मुलुकी ऐन फौजदारी संहिताका विषयमा, जिल्ला अदालतका स्रेस्तादार दुर्गा प्रसाद बस्यालाले संविधानको मौलिक हकका बिषयमा, मुलुकी ऐनका बिषयमा सीता घिमिरे, स्थानीय सरकार सञ्चालन ऐनका बिषयमा बिष्णु प्रसाद बलाल, पार्टी र जनप्रतिनिधिबीचको सम्बन्धका बिषयमा नेपाली कांग्रेसका प्रशिक्षण विभाग प्रमुख छन्द बहादुर पहराईले प्रशिक्षण दिएका थिए।

नेपाली कांग्रेस स्थानीय तह विभाग जिल्ला संयोजक थम्मन् बहादुर खत्रीको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन कांग्रेसका क्षेत्रीय सभापति भगतसिहँ खड्काले गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ