गौर । तराई–मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आएका सीके राउत दुई कार्यकर्तासहित पक्राउ परेका छन् । रौतहटको गौर नगरपालिका भन्सार रोडबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनको साथमा गौरकै रामेश्वरप्रसाद यादव र महोत्तरीका सञ्जय स्वराजी पनि पक्राउ परेको रौतहट प्रहरीका प्रवक्ता महेन्द्र मरासीनीले हाम्राकुरालाई जानकारी दिए ।
सीके राउतलाई राज्यविरुद्धको अपराध गरेको आरोपमा पक्राउ गरिएको मरासीनीले बताए । राउत उनीविरुद्ध परेको संगठित अपराधको मुद्दाको तारेख लगाउन जनकपुरबाट गौर आएका थिए ।
उनी अदालतबाट बाहिरिँदा सय डेढ सय जनाको मोटरसाइकल र्याली निस्किएको र राज्य विरोधी नारा लगाएपछि पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ । राउत यसअघि संगठित अपराधमा पक्राउ परेर तारेखमा छुटेका थिए ।