नूरप्रसादले आमाकै अगाडि आफूलाई किन गोली ठोक्न भने ?
‘बुबा वितेको झण्डै चार वर्षपछि आमा भेट्न पुग्दा तीन रात वित्यो कुर्सीमै’
यमुना भण्डारी,
प्रकाशित २०७५ असोज २१ आइतबार
1.6k
Shares
काठमाडौं । छोराका हत्यारालाई कारबाहीको माग राखेर संघर्ष गरिरहेकी गंगामाया अधिकारीलाई पछिल्ला दिन अझ कष्टपूर्ण लाग्न थालेका छन् । वीर अस्पलालको क्याविन ७ मा रंगरोगन त भएको छ, तर उत्तरपट्टी रहेको झ्यालबाट आउने गन्धले खपिसक्नु हुँदैन । के गर्नु बाध्यता छ, उनले भनिन्, ‘त्यो क्यान्टिनको ढल भरिएर बाहिर बगिरहेको छ । गन्ध सोझै यहीँ आउँछ । झ्या खोलिएन भने बस्न सकिँदैन । पङ्खा चलाउँदा हात, खुट्टा, मुख पुरै सुन्निएर थेगिसक्नु हुँदैन ।’ उनी भएको क्याविनमा पछिल्लो समय अक्सिजनको पाइप मात्रै जडान गरिएको छ । एसी छैन । अब जाडो आयो । पाउनु दुःख पाइएको छ, उनले भनिन् ।
छोरा नूरप्रसादसँगको भेट
गंगामायाका पति नन्दप्रसाद अधिकारीको निधन भएपछि एका एक सम्पर्कविहिन भएका जेठा छोरा नूरप्रसादलाई प्रहरीले धेरै समयपछि भेटाईदियो । आमालाई भेटाउन प्रहरी प्रमुख सर्वेन्द्र खनाल आफैले नूरप्रसादलाई वीर अस्पताल लगेका थिए । उनीसँगै सिविलमा ९ जना प्रहरी अरु थिए । बाहिर बर्दिधारी पनि थिए । गंगामायाले अाश्चर्य पनि जनाईन् । मलाई भेटाउन किन प्रहरी प्रमुखले नै मेराे छाेरालाई पक्रिएर ल्याउनु पर्ने ? आमालाई भेटेपछि नूरप्रसाद ३ रात त्यही बसे ।
आमाको बेड छेउको कुर्सीमै ३ रात काटे । गंगामायाले भनिन्, ‘उ तीन रात निदाएन । कुर्सीमै बसिरहयो । म पनि हेरि रहे । तेस्रो दिन उठेर गयो ।’ त्यो बीच नूरप्रसाद प्रहरीसँग दिक्काएर मलाई गोली ठोक्नुस् समेत भन्यो, आमा गंगामायाले भनिन् । प्रहरी नूरप्रसाद बाहिर गए बाहिरै जान्थ्यो, भित्र गए भित्रै । दिक्काएर छोराले भनेको कुरा गंगामायाले सुनाइन्, ‘मलाई यस्तो सजाय किन दिएको किन भेट्न ल्याएको ? बरु मलाई गोली ठोके हुन्छ ।’ नूरप्रसादले आमालाई भेट्न ल्याउनुको कारण बारम्बार सोधे ? प्रहरीले उत्तर दिएन ।
त्यहीबीच मानवअधिकारकर्मीहरुले बुबाको दाहसंस्कारको कुरा निकाले, न्यायको लागि सरकारले गरेका प्रतिवद्धता कार्यान्वयन हुनेमा आश्वस्त हुन भने । तर, नूरप्रसाद केही गरी मानेनन् । उनले उल्टै, ‘मेरो बुबाको लासको व्यापार गर्न मलाई यहाँ ल्याएको हो भने ।’ गंगामाया झन दुःखी त्यतिबेला भइन् । जब भेट्न आउने कोहीले पत्रिकामा आमालाई एक करोड दिएपछि छोरो पनि भेट्न आइपुग्यो भनेर छापिएको समाचार सुनाए ।
उनले भनिन्, ‘१२ वटा गाईभैँसी, सारा घरवार छोडेर न्याय माग्न काठमाडौँ आउनु पर्यो । मलाई जिल्लाबाटै न्याय दिन सकिन्थ्यो । मलाई पैँसा नै चाहिएको भए यहाँ किन आउँथे ? यो कस्तो सोचाई हो ?’ तीन रात बस्दा बुबाको दाहसंस्कारबारे केही कुरा गर्नु भएन ? जवाफमा गंगामायाले भनिन्, ‘त्यस्तो केही कुरा गरेन । दाहसंस्कारको कुरै निकालेन ।
मलाई आमा चिन्ता नगर्नु मात्रै भन्यो । मानवअधिकारवादीलाई झोंकिएर अपराधीहरु खरानी भएपछि मात्रै मेरो बुबालाई डढाउँछु भनेको मैले सुनेकि थिए ।’ ३३४ दिन अनशन बसेका नन्दप्रसादको २०७१ साल असोज ६ निधन भएको थियो । यस्तै, आफ्नो छोरामाथि पूर्ण भरोसा रहेको भन्दै उनले अहिले प्रहरीले पक्राउ गर्दा निकै दुःख लागेको सुनाईन् ।