arrow

निर्मला हत्याबारे सरकारी प्रतिवेदनः एसपी विष्ट, बम दिदी बहिनीतिर सोझियो सुई 

logo
प्रकाशित २०७५ असोज २२ सोमबार
nirmala_news1.JPG

काठमाडौं । कञ्चनपुर भीमदत्त नगरकी निर्मला पन्तको बलात्कारपछि हत्याबारे छानबिन गर्न गठिन सरकारी उच्चस्तरीय समितिका संयोजक गृहमन्त्रालयका सह सचिव हरिप्रसाद मैनालीले यसअघि नै भनेका थिए : प्रतिवेदनमा खास नयाँ कुरा केही छैन, यही मिडियामा आएकै जस्ता कुरा हुन् ।

दोष कसैमाथि लगाइएको छैन । कञ्चनपुरको तत्कालिन प्रहरी यूनिटको लापार्वाही भनिएको छ । रोशनी र बबिता बम दिदी बहिनीमाथि शंका गरिएको छ । प्रहरीको लापार्वाही र बम दिदी बहिनीमाथि त कञ्चनपुरबासी साउन ११ गतेदेखि नै औंला उठाएका हुन् । तर प्रतिवेदनले केही बाटो देखाएको छ अनुसन्धानका लागि । समितिले रोशनी र बबिता बममाथि अनुसन्धान गर्नु पर्ने कारण सहितका केही सम्बन्धित भनाइ समेटेको छ : 

 
तत्कालिन कञ्चनपुर प्रहरीले घटनाका सबैजसो प्रमाण योजनाबद्ध ढंगले गायब पारेको विषय प्रतिवेदनमा समेटिएका भनाइले स्पष्ट पारेको छ । यहाँसम्म कि बबिता उर्फ अनिता बमकी साथी विद्या पन्तले त साउन १० गतेको ट्यूशन नोट समेत प्रहरीले मागेर फोटोकपि समेत गरेको बताइन् । यसको अर्थ बबिताले १० गतेको ट्यूशन पेपर सारेकी छन्, त्यो पनि प्रहरीको साथ र योजनामा ।  


 
निर्मला हत्या प्रकरणमा समितिले भनेको छ : तत्कालिन प्रहरी यूनिटमाथि कार्वाही चलाउन आवश्यक छ । तर अनुसन्धानमा लापार्वाही गर्ने र प्रमाण लोप पार्नेमाथि विभागीय कार्वाहीको मात्रै सिफारिस गर्दै उच्चस्तीयर समिति विज्ञ सहितको टोलीले छानबिन गर्नु पर्ने भन्दै आफ्नो जिम्मेवारीबाट टक्टकिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ