यस्तो छ नेविसंघको विधान सम्बन्धमा चार नेताको फरक मत
प्रकाशित २०७५ असोज २२ सोमबार
376
Shares
काठमाडौं । नेपाली कांग्रसका चार नेताहरुले नेपाल विद्यार्थी संघ (नेविसंघ) को विधान सम्बन्धमा फरक मत राखेका छन् । बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले आइतबारको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा फरक मत राखेका हुन् ।
उनिहरुले नेपाल विद्यार्थी संघले सर्वसममतिबाट स्वीकृतिका लागि प्रस्तुत गरेको " नेपाल विद्यार्थी संघको विधान २०२७ सातौं संसोधन २०७५" लाई पन्छाएर विधि , प्रक्रिया र पद्धतिलाई पूर्णरुपमा उपेक्षा गर्दै छुट्टै विधान मसयौदा प्रस्तुत भएको र अध्ययन गर्ने समयसम्म नदिई विधान जस्तो मात्वपुर्ण कुरालाई बैठकमा प्रस्तुत नै नगरी नेविसंघको अधिवेशन समेत नगर्ने मनसायले विधानलाई आंशिक पास गरियो भन्नु सम्पूर्ण रुपले प्रकिया विपरीत रहेको जनाएका छन् ।
साथै सो निर्णयले पार्टी तथा पार्टीका संस्थाहरुको संस्थागत विकास र लोकतान्त्रिक प्रक्रियामा गम्भिर आघात पारेको उनिहरुको ठहर छ।
आश्विन २१, २०७५ मा बसेको नेका केन्द्रीय कार्यसमितिको बैठकमा नेपाल विद्यार्थी संघको विधान सम्बन्धमा फरक मत:
नेपाल विद्यार्थी संघ ले सर्वसममतिबाट स्वीकृतिका लागि प्रस्तुत गरेको " नेपाल विद्यार्थी संघको विधान २०२७ सातौं संसोधन २०७५" लाई पन्छाएर विधि , प्रक्रिया र पद्धतिलाई पूर्णरुपमा उपेक्षा गर्दै छुट्टै विधान मसयौदा प्रस्तुत भएको र अध्ययन गर्ने समय सम्म नदिई विधान जस्तो मात्वपुर्ण कुरालाई बैठकमा प्रस्तुत नै नगरी ने. बि संघ को अधिवेशन समेत नगर्ने मनसायले विधानलाई आंशिक पास गरियो भन्नु सम्पूर्ण रुपले प्रकिया विपरीत छ ।
यो निर्णयले पार्टी तथा पार्टीका संस्थाहरुको संस्थागत विकास र लोकतान्त्रिक प्रक्रियामा गम्भिर आघात पारेको हाम्रो ठहर छ। तसर्थ हामी यो निर्णयमा असहमति प्रकट गर्दछौं।
रामचन्द्र पौडेल कृष्ण प्र सिटौला
प्रकाशमान सिंह अर्जुन रसिंह केसी