arrow

पर्सामा विशेष सुरक्षा योजना लागु

logo
बिजय चौहान,
प्रकाशित २०७५ असोज २२ सोमबार
Birgunj.jpg

वीरगन्ज। सुरक्षाको दृष्टीले देशकैं सबैभन्दा बढी सम्वेदनशिल मानिएको प्रदेश नं.२ को पर्सा जिल्लामा स्थानीय प्रशासनले विशेष सुरक्षा योजना लागू गरेको छ । नजिकिदै गएको दशैं, तिहार र छठ पर्वमा सम्भावित अपराधिक गतिविधीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय पर्साले दुई महिनाका लागि विशेष सुरक्षा योजान लागू गरेको हो ।

खुल्ला सिमानाको फाइदा उठाउदै हुँन सक्ने क्रसबोर्डर क्राइमलाई नियन्त्रण गर्न सिमाक्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त गस्ती टोली परिचालन गरेको पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले जानकारी दिए । उनले भारतीय सुरक्षाकर्मीसंगको समन्वयमा सिमा क्षेत्रमा निगरानीलाई कडा बनाउनको साथै सुचना समेतको आदाना प्रदान गरि सुरक्षतालाई चुस्तदुरुस्त बनाएको बताए।

वीरगन्ज देशकै आर्थिक राजधानी र प्रमुख व्यपारीक नगरी भएकाले चाडपर्वका बेला हुँनसक्ने अपराधिक गतिविधिमाथि सिसिटिभी क्यामराबाट निगरानी गर्नुको साथै आवश्यक परे १० मिनटभित्र पुग्ने क्विक रेस्पोन्स टीमसमेत परिचालन गरेको प्रजिअ पौड्यालले जानकारी दिए। उनले सुरक्षाको दृष्टीले जिल्लामा रहेको सम्वेदनशिल क्षेत्र तथा व्यक्तिको पहिचान गरी सुचना संकलन, त्यसको विश्लेषण गरी अवस्था जनशक्ति परिचालन गरिएको बताए ।       

जिल्ला समन्वय समितको बैठकले जिल्लाको सुरक्षाका लागि सुरक्षाका तीनै अंगलाई परिचालन  गर्ने निणय गरेको जानकारी दिदै प्रजिअ पौड्यालले नेपाल तथा सशस्त्र प्रहरीको एक हजार ४ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

पर्साको ग्रामिण भेगमा देखि नगर क्षेत्रमा उलेख्य संखयामा सादा पोसाकका सुरक्षाकर्मी पचिालन गरी सिमाक्षेत्रमा हुने तस्करी, तथा चोरी प्रठारी समेतलाई नियन्त्रणमा लिने कार्य भएको जिल्ला प्रशासन कार्याय पर्साले जनाएको छ ।

चाँड पर्वका बेला पुर्ज गर्न गएका महिलाले गलाएको  महँगा गहनलाई पुज स्थलबाट चोरी हुने गरेको विगतका घटनाबाट पाठ सिक्द यसलाई नियन्त्रण गर्न यस वर्ष मन्दिरहरु सादा पोसाका महिला प्रहरी समेत परिचालन गरेको प्रजिअ पौड्यालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ