निर्मला पन्तको हत्यामा कांग्रेस सशक्त देखिएन : शेखर कोइराला

प्रकाशित मिति : २०७५ असोज २२ सोमबार

चितवन ।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षको भूमिकामा पार्टी कमजोर रहेको बताएका छन् ।

सोमबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले प्रमुख प्रतिपक्ष बलियो हुनुपर्ने बताए। कोइरालाले निर्मला पन्तको बलात्कारपछि हत्या, मूल्यवृद्धि, भ्रष्टाचारलगायतका विषयमा विपक्षीको हैसियतले गर्नुपर्ने जति भूमिका कांग्रेसले निर्वाह गर्न नसकेको बताए।

 उनले भने, “नेपाली कांग्रेस अल्मलिएको हो कि भन्ने देखिन्छ ।” उनले संसदीय दल कमजोर बनेको बताए ।

अर्को एक प्रसङ्गमा उनले आगामी नेतृत्वको विषयमा कार्यकर्तासँग छलफल भइरहेको बताए । नेपाल विद्यार्थी सङ्घको उमेर हदका विषयमा पहिला छलफल नै नगरी बैठकमा ल्याएकाले समस्या देखिएको बताए । रासस
 

नयाँ