arrow

चाडपर्वको समयमा भएको मुल्यवद्धि नियन्त्रण गर्न तरुण दलको माग

logo
प्रकाशित २०७५ असोज २३ मंगलबार
Tarun-Dal.jpg

खोटाङ । नजिकिएका चाडपर्वका समयमा सर्वसाधरणको ढाड सेक्ने गरि भएको मुल्यवृद्धि नियन्त्रणको नेपाल तरुण दल खोटाङले माग गरेको छ । चाडबाडका समयमा उपभोग्य बस्तुमा भएको मुल्यवृद्धि र महंगीले सर्वसाधारण मारमा परेको भन्दै तरुण दलले सरकार समक्ष मुल्यवृद्धि नियन्त्रणको माग गरेको हो ।

चाडपर्वको समयमा सर्वसाधारण जनतालाई राहत दिनुपर्नेमा उल्टै गैर–जिम्मेवार ढंगले सरकारले मुल्यवृद्धि गरेको भन्दै तरुण दलका जिल्ला अध्यक्ष भिषण राईसहितको टोलिले मंगलबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलमार्फत प्रधानमन्त्रीलाई ९ बुँदे ज्ञापनपत्र पठाएका छन् ।

पेट्रोलियम पर्दाथको मुल्यवृद्धि फिर्ता लिन, कालो बजारी र तस्करीलाई नियन्त्रण गर्दै कारबाही गर्न, दशैं तिहारलाई मध्यनजर गर्दै ७५३ वटै स्थानीय तहमा उपभोग्य वस्तु उपलब्ध हुनेगरी सुफथ मुल्यका पसलको व्यवस्था मिलाउन, चाडपर्वमा शहरबाट गाउँ भित्रिने यात्रुका लागि पर्याप्त सवारी साधनको व्यवस्था मिलाउन, चाडपर्वका समयमा हुन सक्ने बिभिन्न घटनामा सतर्कता अपनाएर जनधनको सुरक्षा व्यवस्था मिलाउन माग गरेको छ ।

यस्तै, गरिब तथा असाहय र बिपन्न नागरिकलाई राहतको घोषणा गर्न, अदालत र प्रेस स्वतन्त्रतामाथि गरिएको हस्तक्षेप तत्काल बन्द गरी स्वतन्त्र न्यायलय र प्रेस स्वतन्त्रताको सम्मान गर्न तरुण दलले सरकार समक्ष माग राखेको छ ।

यस्तै, कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषी पत्ता लगाएर छिटोभन्दा छिटो कानूनी कारबाहीको दायरामा ल्याउनसमेत  सरकार समक्ष माग गरिएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ