arrow

नेकपामा पहिरो गयो, सचिवालय बैठक स्थगित भयो

logo
प्रकाशित २०७५ असोज २४ बुधबार
nekapa1.JPG

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा सचिवालय सदस्य वामदेव गौतमलाई प्रतिनिधिसभा उम्मेदवार बनाउन रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिएपछि नेपाल कम्युनिष्ष् पार्टी (नेकपा) भित्र एकाएक पहिरो गएको छ । 

डोल्पादेखि बर्दिया, दैलेख अनि नवलपरासीसम्मका नेकपाका सांसदले नपत्याएको अवस्थामा रामवीरले निकै कष्टपूर्वक वामदेवका लागि राजीनामा दिएपछि तरंग फैलिएको छ । 

यही कारणले बुधबारका लागि डाकिएको  नेकपाको सचिवालयको बैठकसमेत स्थगित भएको छ । गत सोमबार बसेको सचिवालय बैठकले थप छलफल गर्नका लागि बुधबार बैठक बस्ने निर्णय गरेको थियो ।

तर शीर्ष नेता व्यस्त भएको भन्दै बैठक आउँदो शनिबारसम्मका लागि स्थगित गरिएको नेकपाले जनाएको छ । बुधबारको बैठकले स्थायी समिति बैठकको मिति र कार्यसूचि तय गर्ने भनिएको थियो । 

वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीको पदाधिकारी चयन गर्ने सचिवालय बैठकको निर्णयप्रति असन्तुष्टि जनाएपछि त्यसलाई सम्बोधन गर्न स्थायी समिति बैठक बोलाउन माग गर्दै आएका छन् । 

वामदेवलाई उम्मेदवार बनाउने विषयले चर्चा पाएपछि नेपालको मुद्दा छायाँमा परेको छ । नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार बढाएकोदेखि आफूलाई पार्टीमा टाढा पार्न खोजिएको आरोपसहित असन्तुष्टि पत्र पार्टी कार्यालयमा दर्ता गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ