arrow

झापा र सुनसरीमा पाइलट प्रोजेक्ट आँखा शिविर

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ असोज २४ बुधबार
eye-projct.jpg

झापा । अर्बिस इन्टरनेसनल अमेरिकाको सहयोग अन्तर्गत  नेपाल नेत्रज्योति संघ काठमाडौ र मेची आँखा अस्पताल बिर्तामोड झापाको साझेदारीमा ३ वर्षिय आँखा परिक्षण परियोजना   REACH ( Refractive Error Among School Children ) भन्ने विद्यालय आँखा जाँच कार्यक्रम नेपालमा पहिलो पटक झापा र सुनसरी जिल्लामा  संचालन हुदैछ ।

६ देखि १८ वर्ष उमेर समुहका विद्यार्थीको आँखा जाँच गरिने उक्त परियोजना सन २०१८ देखि सन २०२१ सम्म संचालन हुने छ । कार्यक्रममा सन २०१८ मा ३३ हजार र ३ वर्ष भित्रमा  २ लाख ५० हजार  विद्यार्थीहरुको आँखा परिक्षण गरिने लक्ष्य रहेको उक्त कार्यक्रमका  संयोजक तथा मेची आँखा अस्पतालका स्वास्थ्य शिक्षक प्रशिक्षक युबराज बोहोराले जानकारी गराएका छन ।

मेची आँखा अस्पतालले उक्त कार्यक्रम झापा जिल्लाको गौरादह नगरपालिकाका विद्यालयबाट असोज ७ गतेदेखि  सुरुवात गरि  असोज २३ गतेसम्ममा  १२ वटा विद्यालयहरमा शिविर सम्पन्न भैसकेको र ५ हजार विद्यार्थी हरुको आँखा परिक्षण गरिसकिएको छ ।

आगामी दिनको कार्यक्रमका लागि गौरिगन्ज नगरपालिका बनियानी र दमक नगरपालिकामा कार्यक्रम गर्न सम्झौता भैसकेको र सो परियोजना अन्तर्गतको कार्यक्रम  भारतपछि नेपालको झापा र सुनसरी जिल्लामा पहिलो पटक  संचालन हुदैछ ।

झापा र सुनसरी जिल्लामा कार्यक्रम सफल भए पश्चात नेपाल अधिराज्य भरका सम्पुर्ण जिल्लाहरुमा परियोजना  संचालन गरिने कार्यक्रमको  लक्ष्य रहेको मेची आँखा अस्पतालका प्रसासकिय प्रमुख सुरज रौनियारले जानकारि दिएका छन  ।

नेपालमा दुई लाख २० हजार जनामा कुनै न कुनै प्रकारको अन्धोपना रहेको सरकारी तथ्याङ्क छ । अन्धोपन निवारणमा लागि सरकारले सन् १९९९ नोभेम्बरमा ‘भिजन ट्वेन्टी–ट्वेन्टी’ २० वर्षे कार्यक्रम घोषणा गरी कार्ययोजना लागू गर्दै आँखा स्वास्थ्य सेवामा प्राथमिकता दिएको छ ।

डब्लुएचओ र आइएपिबीले सन् १९९९ को फेव्रुअरीमा संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न भिजन ‘ट्वेन्टी–ट्वेन्टीः राइट टु साइट’ कार्यक्रम घोषणा गरेका थिए । जस अन्तर्गत आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकीकृत स्वास्थ्य सेवा र दिगोपनाको मान्यतामा रहेर स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ ।

यसैक्रममा ‘दृष्टि सवैको लागि सधैंका लागि’ भन्ने मूल नारा सहित यो वर्ष मेची आँखा अस्पतालले विश्व दृष्टि दिवस मनाउने भएको छ । मेची आँखा अस्पतालले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासंग सहकार्य गर्दै यो वर्ष सवारी चालकको आँखा परीक्षण गर्ने भएको हो ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओ र अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सी आइएपिबीको आह्वानमा सन् १९९९ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउन थालिएको र यो वर्षपनि २५ गते विहीवार सवारी चालकको आँखा जाँच गर्दै दिवस मनाउन लागिएको अस्पताल परिसरमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको छ  ।

ग्रामीण क्षेत्रमा आँखा स्वास्थ्यमा सुधारका लागि कार्यक्रम केन्द्रित रहेपनि सवारी चालकले आँखा जाँच नगराउदा दुर्घटनाको उच्च जोखिम रहनेभएकाले ट्राफिक प्रहरीसंग सहकार्य गर्दै सवारी चालकको आँखा जाँच गराउन लागिएको मेची आँखा अस्पतालका प्रशासकीय अधिकृत सुरज रौनियारले जानकारी दिए । रौनियारका अनुसार बिर्तामोडस्थित नयाँ वसपार्क परिसरमा सवारी चालकको आँखा जाँच गरिने छ ।

विहान ९ वजेबाट वेलुका ४ वजेसम्ममा एक हजार चालकको आँखा जाँच गरिने जिल्ला ट्राफिक प्रहरी कार्यँलय झापाका प्रहरी निरीक्षक राजेश राईले बताए । उनले भने –‘ चालकलाई झट्ट हेर्दा राम्रो र निरोगी देखिएपनि विस्तारै आँखाको ज्योति गुम्दै गएको रहेछ भने उसले दुर्घटना गराउन सक्छ त्यसैले चालकले अनिवार्य आँखा जाँच गराउन आवश्यक छ ।

पाँच वर्षमा सवारी चालक अनुमति पत्रपनि नविकरण गरिने बताउँदै प्रहरी निरीक्षक राईले भने–‘ वर्षमा एक पटक चालकले मात्र होइन आम सर्वसाधारणले पनि आँखा जाँच गराउन जरुरी छ ।’

विश्व दृष्टि दिवसको विषयमा जानकारी गराउँदै अस्पतालका प्रशासकीय अधिकृत रौनियारले सवै सवारी चालकलाई निःशुल्क आँखा जाँच गराउन र आफ्नो आँखाको अवस्था कस्तो छ भन्ने विषयमा जानकारी लिन आग्रह गरे ।

आँखा अस्पतालले अहिले आफ्नो नियमित सेवा वाहेक ६ देखि १८ वर्षसम्मका विद्यार्थीको आँखा जाँच गरिरहेको जनाएको छ । विद्यालयमै गएर विद्यार्थीको आँखा परीक्षण गर्ने गरेको र तीन वर्षमा दुई लाख वालवालिकाको निःशुल्क आँखा जाँच गर्ने बताइएको छ ।

यसैबीच अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशीले मधुमेह, उच्च रक्तचाप, वाथका रोगीले नियमित आँखा जाँच गराउन आग्रह गरेका छन् । चेतना अभावका कारणमा अधिकांशले आँखा जाँच नगराउँदा समस्या हुने गरेको बताउँदै उनले भने –‘ मधुमेह, उच्च रक्तचाप,वाथका रोगी हुनुहुन्छ भने एक पटक आँचको पनि जाँच गराउनुहोस् ।’

५ वर्ष मुनिका वालवालिका र ४० वर्ष माथिका मानिसले पनि नियमित आँखा जाँच गराउन सल्लाह दिँदै डा जोशीले भने –‘कुनै एक आँखा कम जस्तो देखिने गरेको जस्तो लाग्छ भनेमात्रैपनि आँखा जाच गराउनु पर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ